काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी निरुता ढुंगानाले एपीएफबाट न्यु डायमण्ड कप भलिबल खेल्ने भएकी छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि त्रिभुवन आर्मी क्लब छाडेकी उनले एपीएफबाट भलिबल खेल्ने भएकी हुन् ।
एपीएफ महिला भलिबल टोलीका टिम म्यानेजर विजय केसीका अनुसार निरुताले न्यु डायमण्ड कपबाट 'कमब्याक' गर्ने बताए । उनले विगत लामो समयदेखि उनले क्लबबाटै प्रशिक्षण गरिरहेकाले अब क्लबबाट नै खेल्ने बताए ।
“निरुताले एपीएफको सिपाइ पदका लागि आवेदन दिएकी थिइन् । उनले परीक्षा दिएर पास भएपछि साग सकिए लगत्तै क्लबका खेलाडीहरुसँग प्रशिक्षण गरिरहेकी छन् । हामीले उनलाई न्यु डायमण्ड कपबाट कोर्टमा उतार्ने योजना बनाएका छौं,” केसीले भने ।
निरुताले सागअघि एभीसी सेन्टर जोन महिला भलिबलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन् । उनले सागमा नेपाली टोलीका लागि पनि खेल्ने अवसर पाईन पूरै समय कार्टमा नआएपछि हरेक खेलमा खेल्ने अवसर पाएकी थिइन् । धेरै लामो समय पछि क्लब भलिबलमा कम ब्याक गर्न लाग्दा धेरै उत्साहित भएको बताइन् ।
“लामो समयपछि 'कमब्याक' गर्दै छु धेरै नै उत्साहित छु, क्लब भलिबलको नयाँ अध्याय सुरुआत हुँदैछ । त्यसका लागि धेरै तयारी पनि गरेकी छु,” निरुताले भनिन् । न्यु डायमण्ड कप भोलिबाट सुरु हुँदैछ ।