काठमाडौं । आजको दिनलाई राष्ट्रिय पोसाक दिवसका रूपमा मनाइएको छ । हिजो जनवरी १ लाई राष्ट्रिय टोपी दिवसका रूपमा मनाएका अभियन्ताहरूले आजको दिनलाई राष्ट्रिय पोसाकका रूपमा मनाइएको हो ।
राष्ट्रिय पोसाक दिवस भन्दै केही अभियन्ताहरूले दौरा–सुरुवाल, ढाका टोपी लगाएर राजधानीमा र्यालीसमेत निकालेका छन् । ‘मेरो सान मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण महाअभियान’ भन्ने मूल नारासहित आयोजना गरिएको र्यालीमा युवाहरूको उपस्थिति उल्लेख्य देख्न सकिन्थ्यो । बिहान बानेश्वरबाट माइतीघर मण्डलसम्म युवाहरूले राष्ट्रिय पोसाकसँगै राष्ट्रिय झन्डा लिएर पोसाक जोगाउँ भन्दै र्यालीसमेत गरेका छन् । राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको संयोजनमा र्याली निकालिएको हो ।
यही राष्ट्रिय पोसाक दिवस भन्दै राजधानीमा निकालिएको सदभाव र्यालीका केही तस्बिर बाह्रखरी सहकर्मी हरिशजंग क्षेत्रीले खिचेका केही तस्बिर यस्ता छन् ।