खेल
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बिहीबार) एक खेल हुँदैछ । बिहीबार हुने खेलमा प्रतियोगिताको उपाधि दावेदारको रुपमा रहेका टोली चितवन राइनोज र बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्ने छन् ।
चितवनले पहिलो खेलमा घरेलु टोली पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो । यता बुटवल ब्लास्टर्सले काठमाडौं गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेको थियो । दुबै टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे ११ः०० बजे हुनेछ ।
पारस खड्काको कप्तानीमा चितवन रहेको छ भने सोमपाल कामीको कप्तानीमा बुटवल उत्रनेछ । दुबै टोलीले दुई–दुई अंक जोडेका छन् । रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६ ०९:२८
प्रतिक्रिया दिनुहोस्