site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीपीएल : बाबरको अर्धशतकमा चितवनको सुखद सुरुआत 

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा चितवन राइनोज्ले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ । 

पोखराले दिएको १०८ रनको लक्ष्य चितवनले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । 

पोखरा रंगशालमा चितवनलाई जित दिलाउन बाबर हायातले अर्धशतकीय पारी खेले । बाबरले १२ ओभरको तेस्रो बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३४ बलमा चार चौका तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बाबरले अर्धशतकसँगै नट आउट ६६ रन बनाए । त्यस्तै सन्नी पटेलले नट आउट २२ रन बनाएका हुन् । अनिल शाह खाता नखोलेर चितवनको पहिलो विकेटको रुपमा आउट भए । उनलाई पहिलो ओभरको पाँचौ बलमा राशिद खानले क्याच आउट गराएका हुन् । चितवनले पाँचौ ओभरको तेस्रो बलमा आफ्नो दोस्रो किवेट गुमायो । राशिद खानले व्यक्तिगत दोस्रो विकेटमा रोहन मुस्तफालाई ११ रनमा क्याच आउट गराएका हुन् । 

चितवनले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमायो । पारसलाई सरवजित लड्डाले सातौं ओभरको अन्तिम बलमा क्याच आउट गराएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०७ रन बनाएको थियो । 

पोखराले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो । पोखराका कुशल भुर्तेल ५ रन बनाएर आउट भएका हुन् । उनलाई सन्नी पटेलले एलबीडब्लु आउट गराएका हुन् । चितवनका लागि पाँचौ ओभरको अन्तिम बलमा बिक्रम सोबले दोस्रो विकेट लिए । उनले आसिफ शेखलाई १० रनमा क्याच आउट गराएका हुन् । 

पोखराले १० ओभरको चौथो बलमा आफ्नो तेस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्काले रविइन्दर सिंहलाई १० रनमा बोल्ड आउट गरेका हुन् । पोखराका विनोद भन्डारी ७ रन बनाएर आउट भए । उनलाई चितवनका भुवन कार्कीले १२ ओभरको अन्तिम बलमा क्याच आउट गराएका हुन् । 

पोखराले १८ ओभरको पाँचौ र छैटौ बलमा लगातार दुई विकेट गुमायो । पोखराका कप्तान शरद भेषवाकर ४५ रन बनाउँदै आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् । त्यसको अर्को बलमा पोखराका पाथमेस डाके खाता नखोलेर नै आउट भए । 

पोखराले १९ ओभरको दोस्रो बलमा आफ्नो नवौं विकेट गुमायो । पोखराका सरजित लड्डा खाता नखोलेर आउट भए । आजको जितसँगै चितवनले एक खेलबाट दुई अंक जोडेको छ । पराजित पोखराको दुई खेलबाट दुई अंक छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro