भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रदेश सरकार र संघीय सरकार दुबै असफल भएको बताएका छन् ।
उनले भक्तपुरको उपनिर्वाचनमा कांग्रेसका उमेदवारलाई मत दिएर अहिले प्रदेश सरकारलाई नाम र राजधानी टुंगो लगाउन दबाब दिन मतदातालाई आग्रह पनि गरे ।
सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा आफ्नो पार्टीको उम्मेदवार नभेट्टाएर आयात गरेको आरोप लगाएका छन् ।
भक्तपुरमा आयोजित मंसिर १४ गतेको उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री महतले सरकार राष्ट्रियलाई बचाउनभन्दा भजाउन लागेको आरोप लगाए ।
हामीले सत्तामा हुँदा भारत र चीनले लिपुलेकमा दुई पक्षीय सम्झौता गर्दा गरेको विरोध सम्झिन पनि सहमहामन्त्री महतले सरकारलाई आग्रह गरे ।
महतले यस्ता अराजक तत्वलाई पुन भक्तपुरबासी मतदान गरे सरकार झन अराजक बन्ने भन्दै यसपटक कम्युनिस्टलाई मत नदिएर सबक सिकाउनुपर्नेमा पनि जोड दिए । आयातितहरुलाई बहिस्कार गरेर भक्तपुरबासीले भक्तपुरमा कृष्णलाल भडेललाई जिताउन अपिल समेत गरे ।