site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शक्तिको दुरुपयोग गरेर आचारसंहिता उल्लंघन नगर्न नेकपालाई कांग्रेसको चेतावनी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले सरकार र सत्तारुढ दललाई निर्वाचन आचारसंहिता उल्लंघन गरेर उपनिर्वाचनलाई प्रभावित पार्ने काम नगर्न सचेत गराएको छ । 

समन्वय समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर आचारसंहिता विपरीत सत्ताको दुरुपयोग भइरहेको प्रति आपत्ति जनाउँदै सरकार र सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) लाई आचारसंहिता उल्लंघन गरेर उपनिर्वाचनलाई प्रभावित पार्ने काम नगर्न सचेत गराएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिले निर्वाचन आयोगलाई आचारसंहिता विपरीत भइरहेका गतिवधि रोक्न तरुकताका साथ काम गर्न पनि आग्रह गरेको छ । समितिका संयोजक रमेश लेखकले सत्ता पक्षले निरन्तर रुपले आचारसंहिता विपरीत सत्ताको दुरुपयोग गरेर उपनिर्वाचनलाई प्रभावित पर्ने काम भइरहेको आरोप लगाउँदै आयोगलाई आचारसंहिता विपरीत हुने गतिविधि रोक्न आग्रह गरे । 

“उपनिर्वाचन हुने स्थानहरुमा सरकार र सो सम्बद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निरन्तर निर्वाचन प्रचारप्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रम नभएका नयाँ योजना, कार्यक्रम दिने, आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभवित पार्नेलगायतका क्रियाकलाप भइरहेको छन्,” उनले भने, “यस्ता कार्यको हामी घोर भत्र्सना गर्दछौं र आचारसंहतिा विपरीतका यस किसिमका गतिविधिहरु भविष्यमा नदोहोर्‍याउन पनि सचेत गराउन चाहन्छौं । साथै, निर्वाचन आयोगलाई आचारसंहिता विपरीत हुने गरेका क्रियाकलाप रोक्न दारुकताका साथ कार्य गर्न ध्यानाकर्षण गराउँदछौं ।”

Royal Enfield Island Ad

कांग्रेसले गत कात्तिक २४ गते उपनिर्वाचनलाई लक्षित गरेर केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा छ सदस्यीय ‘उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ । 

उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न पार्टीको विधान बमोजिम गठन गरिएको भनिएको समितिले उपनिर्वाचन हुन लागेका ३७ वटै जिल्लामा जिल्लास्तरीय समिति गठन गरेको छ । 
 
समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने जिम्मेवारी पाएको छ । 

उक्त समितिले कात्तिक २९ गते प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुसँग भेटेर सरकार र सत्तापक्षीय दलका प्रतिनिधिहरुबाट भएका आचारसंहिता उल्लंघनका घटना तत्काल रोक्न र आगामी दिनमा आचारसंहिताको कडाईका साथ कार्यान्वयन गर्नका लागि लिखित ध्यानाकर्षण गराएको थियो । 

कांग्रेसले आचारसंहिता उल्लंघनका बारेमा लिखित रुपमै ध्यानाकर्षण गराएपछि आयोगले मंसिर १ गते विज्ञप्ति जारी गरेर सबैलाई आचारसंहिता पालनाका लागि निर्देशन दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro