site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नेपाली उद्यमीलाई यसरी फसाउँछन् विदेशी
Sarbottam CementSarbottam Cement

नेपाली व्यवसायीहरूसँग अन्तर्वार्ताका लागि नेपाल आएकी डोएना गुटु


काठमाडौं । संसारभर धनी व्यक्तिको सम्पत्तिमा धेरैको आँखा लागेको हुन्छ । यस्तो सम्पत्ति कसरी फुत्काउन सकिन्छ भनी अनेक उपाय अपनाइएका हुन्छन् । यस्तै एक समूहले नेपाली उद्यमी र व्यवसायीलाई अमेरिकाबाट प्रकाशित हुने ‘टाइम’ म्यागजिनमा अन्तर्वार्ता प्रकाशित गर्ने प्रलोभनमा ठूलै रकमको विज्ञापन माग्ने गरेको खुलासा भएको छ ।  

सो समूहले टाइम म्यागजिनको पत्रकार हु भन्दै साे पत्रिकामा विज्ञापनको रुपमा छापिने अन्तर्वार्ता लिने र  विज्ञापन छाप्ने भनेर रु. ३० लाखदेखि ४० लाखसम्म विज्ञापनमा खर्च गर्न प्रभाव पार्ने गरेका छन् । तर, यो समूहको टाइम म्यागजिन स्वयम् नभइ अर्को कुनै कम्पनीमार्फत काम गर्दछन् र 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी भयो खेलको शुरुवात

करिब एक महिनाअघि द इण्टेलिजेन्ट इन्भेस्टर नामक संस्थाबाट करिब पचासभन्दा बढी ठूला व्यापारिक संस्थाका अध्यक्ष र सीईओलाई एक इमेल आयो । सो इमेलको व्यहोरा अनुरुप सो संस्थाले नेपालको अर्थतन्त्रको बारेमा एक शृङ्खला तयार पार्दै गरेको र ति आलेखहरू संसारकै सबैभन्दा बढी छापिनेमध्येको टाइम म्यागजिनमा छापिने बताइएको थियो । साथै सो इमेलमा सो अन्तर्वार्तामा सोधिने विषयमा प्रश्नको सूची पनि लेखिएको थियो । 

Global Ime bank

त्यो इमेल पठाउने व्यक्ति थिए फिलिप डेभिस, जसले आफूलाई द इन्टेलिजेन्ट इन्भेस्टर कम्पनीको प्रोजेक्ट निर्देशक भनेर पद लेखेका थिए । उनले इमेलमानै टाइम पत्रिकाको कभर पेज राखेर इमेल लेखेका थिए । 
(हेर्नुस् इमेल )

फिलिप डेभिसले व्यवसायीहरूलाइ पठाएको इमेल


फिलिपले लेखेको इमेलमा धेरै नेपाली उद्यमी र औद्योगिक घरानाले जवाफ फर्काएको अनुमान गर्न सकिन्छ किनभने सो कम्पनीको प्रतिनिधिका रुपमा अन्तर्वार्ता लिनका लागि भनेर एक महिला अहिले काठमाडौंका औद्योगिक घरानाको अफिस अफिस घुमिरहेकी छिन् । 

उद्यमीसँग अन्तर्वार्ता लिन भनेर महिला एक्लै आउने र मोबाइल फोनमा अन्तर्वार्ता रेकर्ड गर्ने गरेको एक उद्यमीले बाह्रखरीलाई बताए । सो महिलाको नाम डोइना गुटु हो । टाइम म्यागजिनको लोगो भएको भिजिटिङ्ग कार्ड बनाएर उनले आफूलाई सो पत्रिकाको अधिकृत प्रतिनिधि द इन्टेलिजेन्ट इन्भेस्टरको क्षेत्रीय निर्देशक बताउने गरेकी छन् ।
(भिजिटिङ् कार्डको फोटो हेर्नुस्) 

अन्तर्वार्ताको शुरुवातमा आफूले नेपालको सन्दर्भमा सामग्री तयार गर्ने क्रममा प्रधानमन्त्री कार्यालयमा सम्पर्क गरेको र सो कार्यालयले नेपालका प्रतिष्ठित उद्योगपतिको नामावली आफूलाई उपलब्ध गराएको भनेर सो महिलाले उद्यमीलाई बताउने गरेकी छन् । 

उनले आफूलाई रोमानिया देशको नागरिक बताउने गरेकी छन् । 
ती व्यवसायीका अनुसार आफूले प्रधानमन्त्रीसँग कुरा गरेको र उनले नेपाललाई लगानीको लागि अन्तर्राष्ट्रिय रुपमा चिनाउन निजी व्यापारीले पनि केही गर्नुपर्ने कुरा बताएको भनेर पनि सुनाउँछिन् । 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँग बाह्रखरीले यस विषयमा प्रश्न गर्दा अहिलेसम्म प्रधानमन्त्री कार्यालयमा त्यस्तो कसैले अन्तर्वार्ता नलिएको र नेपालको सम्बन्धमा टाइम पत्रिकाले कुनै त्यस्तो आलेख लेख्नका लागि पत्राचार नगरेको बताएका छन् । 

पैसा माग्ने तरिका 

डोइना गुटु प्रश्न गर्न र अन्तर्वार्ता दिनेलाइ प्रभावित पार्न निकै सिपालु देखिएकी छिन् ।

अन्तर्वार्ता समाप्त भएपछि सो अन्तर्वार्ता टाइम पत्रिकामा कसरी आउँछ भनेर तिनले विश्लेषण गर्छिन् । तीन भागमा प्रकाशित हुने सामग्रीको पहिलो भागमा नेपालका प्रधानमन्त्रीले विदेशी लगानीकर्तालाई नेपालको विषयमा बताएर यहाँ लगानी गर्न आह्वान गर्ने र दोस्रो भागमा सो संस्थाका विश्लेषकले नेपालको आर्थिक अवस्थाको विश्लेषण गर्ने र सोही भागमा अन्तर्वार्ता लिइएका उद्यमी, व्यापारीको भनाइ पनि राखिने उनी बताउँछिन् । तेस्रो भागमा भने नेपालका प्रतिष्ठित उद्यमी समूहको प्रोफाइल राखिने र सो को लागि भने पैसा तिर्नुपर्ने शर्त उनको हुन्छ । टाइम पत्रिकामा एक पेज विज्ञापन राख्ने हो भने सो को रु. ४० लाख लाग्ने र आधा पेज मात्र राख्ने हो भने रु. ३० लाख लाग्ने  उनको सर्त थियो । 

डोइना गुटु र उनको कम्पनी ?

 

गुटुले आफ्नो कार्यालय बेलायतको लण्डनस्थित फिज्रोभिया हाउसमा रहेको व्यहोरा भिजिटिङ्ग कार्डमा उल्लेख गरेकी छिन् । उनले दिएको ठेगाना १५३–१५७ क्लिभलेण्ड स्ट्रिट, लण्डन भनिएको छ । उनले काम गर्ने भनिएको टाइम म्यागजिनको अधिकृत प्रतिनिधि कम्पनी द इण्टलिजेन्ट इन्भेस्टरको वेबसाइट टाइम–इन्भेस्टर डट कम रहेको देखिन्छ । सो वेबसाइटमा टाइम म्यागजिनमा उनीहरूको लेख छापिन्छ भनेर सो पत्रिकाको अनेकौं अंकको फोटो प्रकाशित गरिएको छ, तर लेख भने कुनै पनि देखिँदैन । 

डोइना गुटुको नाममा लिङ्क्ड इनमा एक एकाउण्ट देखिन्छ । सो एकाउण्टमा द इण्टलिजेन्ट इन्भेस्टरको सेल्स डाइरेक्टर भनेकी छिन् । तर उनकै फोटोसहित खोलिएको फेसबुक पेजमा भने उनले आफूलाई मोल्डोभा देशको बासिन्दा बताएकी छिन् ।   

टाइम म्यागाजिन के भन्छ ?

बाह्रखरीले टाइम पत्रिकाको आधिकारिक वेबसाइट टाइम डट कममा सम्पर्क गर्ने ठेगानामा इमेल लेखेर सो संस्थाले नेपालको विषयमा कुनै आलेख तयार पार्न केही गरिरहेको हो वा होइन भनेर लेखेको पत्रको प्रत्युत्तरमा सो पत्रिकाकी आधिकारिक व्यक्तिले टाइम समूहकी कुनै प्रतिनिधि नेपाल नपठाएको जानकारी दिइन् । 

को–को छन् निशानामा ?

नेपालका नाम चलेका धेरै समूहको नाम उनले आफूले अन्तर्वार्ता लिने लिस्टमा रहेको पनि एक उद्यमीलाई बताएकी छिन् ।  उनको ल्यापटपमा यसरी अन्तर्वार्ता गर्ने सूचीमा भाटभटेनी, ग्लोबल आईएमई, चौधरी समूह, आरके गोल्छा समूह, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, गोल्यान समूह, एनई समूह, शारडा समूह, एमएस ग्रुप, विशाल समूह आदि रहेका देखिएको पनि सो उद्यमीले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement