site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सीमा अतिक्रमण प्रकरणमा सरकारको ‘रियाक्सन’ होइन, ‘एक्सन’को प्रतीक्षा : कांग्रेस 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकले कालापानी प्रकरणमा ‘एक्सन’ को प्रतीक्षा गरिरहेको स्मरण गराएको छ । 

भारतीय हस्तक्षेपविरुद्धका प्रदर्शनका क्रममा प्रहरीले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)माथि धरपकड गर्न थालेपछि कांग्रेसले प्रधानमन्त्री ओलीलाई कालापानी प्रकरणमा मुलुकले ‘रियाक्सन’ नभएर ‘एक्सन’ को प्रतिक्षा गरिरहेको स्म्रण गराएको हो । 

प्रहरीले आइतबारमात्रै नेविसंघले भारतीय अतिक्रमणविरुद्ध लैनचौर र माइतीघर मण्डलामा गरेको प्रदर्शनमा बल प्रयोग गरेपछि कांग्रेस प्रवक्ता शर्माले सरकारप्रति आक्रोश व्यक्त गर्दै सरकारलाई विभिन्न तीन वटा सुझाव दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्री ओलीलाई सीमा विवादका विषयमा तत्काल भारतसँग उच्चस्तरीय संवाद गर्न, नेपालको नक्सा जारी गरेर अडान प्रष्ट पार्न र भारतीय सुरक्षा बललाई नेपाली भूमिबाट पनि हटाउन सुझाएका हुन् ।  

“सम्माननिय @PM_Nepal देश सरकारसँग कालापानी प्रकरणमा ‘रियाक्सन’ होइन ‘एक्सन’ प्रतीक्षा गरिरहेको छ ।

Global Ime bank

१. दिल्लीसँग तत्काल उच्चस्तरीय संवाद ।
२. नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रष्टता ।
३. भारतीय सुरक्षा बल फिर्ता ।”

प्रवक्ता शर्माले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् । 

उनले प्रधानमन्त्री ओलीलाई राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्ने पनि स्मरण गराएका छन् । “दोहोर्‍याउँछु- राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ,” प्रवक्ता शर्माले भनेका छन् । 

यसअघि आइतबार बिहान पनि उनले लैनचौरमा प्रहरीले नेविसंघमाथि धरपकड गरेपछि सरकारसँग हस्तक्षेपको जवाफ माग गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement