site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आबुधावीमा नेपाली बालबालिकाको चित्रकला प्रदर्शनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । युएईको आबुधाबीमा ३ दिने चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । १२४ देशका ६ वर्षदखि १२ वर्षसम्मका विद्यार्थीहरुको चित्रकला प्रदर्शनीमा राखिएको थियो । संसारमा शान्ति चाहिन्छ भन्ने नारामा आधारित चित्रकला प्रदर्शनीमा नेपालका  विद्यार्थीहरुको ३० वटा चित्रकला पनि सामेल गरिएको थियो ।

बालचित्रसम्बन्धी अन्तर्राष्ट्रिय संस्था कलर फर पिसको आयोजनामा भएको प्रदर्शनी आबुधावीको अटिज्म सेन्टरमा भएको हो । उतm अन्तर्राष्ट्रिय संस्थाको नेपालको आधिकारिक संस्था योङ्ग पिकासो कम्युनिटी स्कुल अफ फाइन आर्टका १५ जना र अरु  विद्यालय, रिजेन्ट इन्टरनेशनल स्कुल, आदर्श विद्या सदन स्कुल, ललित सेकेन्डरी स्कुलबाट १५ जना गरी ३० जना विद्यार्थीको चित्रकला प्रदर्शनीको लागि छानिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

योङ्ग पिकासोका संचालक तथा गुरु र कलर फर पिसको नेपालका राजदूत  अजय देसारका अनुसार कलामा लागेका बालबालिकालाई यो उमेरदेखि नै अन्तर्राष्ट्रिय स्तरमा अवसर दिएर उनीहरुको हौसला बढाउन र रंगको प्रयोगबाट पनि शान्ति ल्याउन सकिन्छ भन्ने जानकारी दिनको लागि यो प्रदर्शनीमा भाग लिनुको उद्देश्य हो । 

अब हरेक अन्तर्राष्ट्रिय स्तरमा भाग लिएर आफ्ना विद्यार्थीहरुको कला अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास रहने पनि उनले बताए ।

Global Ime bank

१० नोभेम्बरबाट सुरु भएको प्रदर्शनी १३ नोभम्बरमा सम्पन्न भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC