site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 पूजा बोहरा प्रकरण : सर्वोच्चले सजाय तोक्न बाँकी 

फाइल तस्बिर


काठमाडौं । सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोराको मुद्दामा सर्वोच्च अदालतले यसअघिको फैसला उल्टाएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले यसअघि पुनरावेदन अदालतले गरेको फैसला उल्टाएको हो । 

यसअघि पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बैतडी जिल्ला अदालतको निर्णय उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । त्यसपछि ०७१ पुष २ गते यो मुद्दा सर्वोच्चमा आएको थियो । 

बिहीबार सो मुद्दामा बन्द इजलाशमा सुनुवाई गर्दै यसअघिको फैसला उल्टाउँदै सजाय निर्धारणका लागि पनि आदेश गरिएको छ । तर, सजाय तोक्न भने बाँकी छ ।

अब पुनरावेदनको फैसला उल्टाएकै सर्वोच्चको न्यायाधीद्वय सपना मल्ल प्रधान र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले नयाँ सजाय निर्धारण गर्नेछ । 

२०६८ सालको प्रवेशिका परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर- ३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक सागर भट्ट र सोही जिल्ला गुजर-२ को चाँदनी फोटो स्टुडियोका सञ्चालक अमर अवस्थीले उनलाई बलात्कार गरेको विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको थियो । 

२०६९ साल पुस ९ गते जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई बलात्कारी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०-५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, पुनरावेदनले भने जिल्लाको फैसला उल्ट्याउँदै दुबैजनालाई सफाई दिएको थियो । 

(*यसअघिको समाचार सच्याइएको छ ।)

यो पनि,

पूजा बोहराको बलात्कार मुद्दामा पुनरावेदनको फैसला सर्वोच्चले उल्टायो, अब सजाय निर्धारण हुने 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro