site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘ट्रम्प र पुटिनलाई पनि नेपाल ल्याउँछौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकार प्रयासरत रहेको बताएका छन् । सञ्चार मन्त्रालयमा आज अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले शक्ति राष्ट्रका राष्ट्रपतिलाई नेपाल भ्रमणमा आमन्त्रणका लागि प्रयासरत रहेको बताएका हुन् । 

सरकार शक्ति राष्ट्रका राष्ट्र प्रमुखलाई नेपाल भ्रमणमा ल्याउन इच्छुक र प्रयासरत रहेको बताए पनि उनले भ्रमणको समयबारे भने खुलाउन नसकिने बताए । “शक्ति राष्ट्रहरुका राष्ट्र प्रमुखलाई भ्रमणमा ल्याउन हामी प्रयासरत छौं । यो हाम्रा लागि खुशीको कुरा पनि हो,” अमेरिकी राष्ट्रपति ट्रम्पको नेपाल भ्रमणबारे भइरहेका प्रयासका बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै बाँस्कोटाले भने, “डेट कसैको तोक्न सक्दैनौं । यो आ–आफ्नो अनुकूलताको कुरा हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भन्नका लागिमात्रै ऐतिहासिक नभनिएको बताए । “चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हरेक हिसाबले ऐतिहासिक भएको छ,” उनले भने, “भन्नका लागिमात्रै भनिएको होइन ।” सीको भ्रमणका क्रममा भएको २० बुँदे समझदारीले नेपाल र चीनबीच राजनीतिक सम्बन्ध, विकास सम्बन्धलगायतका सम्बन्धहरु बलियो बनेको बाँस्कोटाको भनाइ थियो ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको बारेमा जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारी, सार्वजनिक गुठी, सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को छानविन समितिको म्याद आगामी मंसिर २८ गतेसम्मका लागि थप गरिएको जानकारी दिए । 

Global Ime bank

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको कार्यकारी अधिकृत नियुक्तिका लागि उपयुक्त उमेदवार सिफारिस गर्न गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित सिफारिस समितिको म्याद पनि थप गरिएको बाँस्कोटाले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC