site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आफ्नै पार्टीका नेता–कार्यकर्ताबाट खतरा भयोः प्रचण्ड 
Sarbottam CementSarbottam Cement

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता कार्यकर्ताबाट पार्टीमा खतरा बढेको बताएका छन् । नेकपा चितवनले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पछिल्लो समय आफ्नै पार्टीमा अराजकता र प्रतिगामी तत्व हाबी भएको भन्दै चिन्ता व्यक्त गरे । यस्तै अराजक र प्रतिक्रियावादी तत्व बढे पार्टी पतन हुने टिप्पणी उनले गरे । 

“कम्युनिष्ट पार्टीलाई अरु कसैले हल्लाउन सक्दैन । आफ्नै पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुककै खतरा छ,” उनले भने । कम्युनिष्ट आदर्शबाट विस्तारै स्खलित हुंँदै गएको भन्दै उनले ७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु पार्टीकै जिम्मेवारी र दायित्व भएको बताए । आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले त्यसको रक्षा र संरक्षणमा गम्भिर बन्नुपर्ने धारणा राखे । 

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हँुदै गएको भन्दै उनले भने, “पार्टीको अनुशासन नमान्ने तर गुटको अनुशासन मान्ने गरेका कारण पार्टीमा खतरा बढेको छ ।” कार्यक्रममा उनले पार्टीका नेता कार्यकर्ताले समीक्षा, आत्मआलोचना गर्नुपर्ने विषयमा समय खर्चिएका थिए । परिवर्तन र समाजवादको महायात्रामा कहीं कतैबाट अप्ठेरो हुन्छ भने त्यो आफैंबाट हुने दाहालको भनाइ थियो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले देशलाई समाजवादतिर जान रोक्न अराजक तत्व  लागिरहेको बताए । 

Global Ime bank

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपाका प्रदेश नम्बर ३ सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC