देश
काठमाडौं । दसैं सुरू भएसँगै विभिन्न कामका सिलसिलामा राजधानी काठमाडौंबाट बाहिरिने चटारो बढेको छ । विशेष गरी फूलपातीको दिनदेखि अधिकांश सरकारी तथा निजी कार्यालयहरु बन्द हुने भएकोले शुक्रबारबाट घर जानेको संख्या वृद्धि हुने गर्छ ।
असोज ५ गतेबाट बिहीबारसम्म १६ लाख ५६ हजार एक सय ६९ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन । यसबीचमा नौ लाख चार हजार १६८ यात्रु उपत्यका भित्रिएका छन ।
दसैंलगायत महत्वपूर्ण पर्वका लागि उपत्यका छाड्नेको संख्या २० लाख बढी पुग्ने अनुमान गरिएको छ ।
शुक्रबार नयाँ बसपार्क गोंगबुबाट कैद गरिएका तस्बिरहरु :
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६ १८:३५
प्रतिक्रिया दिनुहोस्