site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा कार्यकर्ताद्वारा मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास

दमौली । तनहुँको रिसिङ गाउँपालिका भवन शिलान्यासका लागि गएका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका छन् । 

सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नेता डा. रिजालमाथि आक्रमणको प्रयास गरेका हुन् ।  

नेकपाका कार्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । बाह्रखरीसँगको कुराकानीमा नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको प्रतिक्रिया दिएका छन् । 

“४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए । हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे,” उनले भने, “साथीहरुले जोगाउनुभयो । बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिए ।” नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि नेता रिजाल स्थानीय नेता-कार्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन् ।  

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको शिलान्यास कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ । 

यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन शिलान्यासका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् । 

नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीबाट बाटो अवरोध गरेर कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि अपमान गरेको विज्ञप्तिमा उल्लेख छ । “पञ्चायतका ‘मण्डले’ हरुको शैली अनुसरण गर्दै नेकपाका नेता-कार्यकर्ता फासीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,” नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सरकारले ‘मण्डले’ शैलीमा हुने गतिविधि नियन्त्रण नगरे कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

यो पनि, 

‘मण्डले शैलीमा नेता रिजालमाथि भएको आक्रमण सुनियोजित’

आक्रमणका गतिविधि नरोकिए सशक्त प्रतिरोध गर्छौं : तरुण दल

आक्रमणकारीको हातमा बियरका बोतल र चिर्पट थिए 

कांग्रेसलाई राँको र टायर बालेर ओर्लियोस् भनेर निम्तो दिएको हो ?

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro