काठमाडौं । नेपाल तरुण दलले कांग्रेस नेता डा मिनेन्द्र रिजामाथि आक्रमण प्रयास भएको भन्दै यस्ता दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ ।
आइतबार तनहुँको रिसिङ गाउँपालिका शिलान्यास गर्न जाने क्रममा चिर्पट र बियरको बोतलसहित बाटोमा उभिएर नेकपाका कार्यकर्ताले रिजालमाथि आक्रमण प्रयास गरेका थिए ।
सो घटनाको भर्त्सना गर्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "नेकपाका कार्यकर्ताले देखाएको त्यस्तो मण्डले र फासिस्ट शैलीको विरोध गर्छौं । यदि यस्तो फासिस्ट र आततायी र आक्रमणका क्रियाकलाप देखाएमा तरुण दलले त्यस खालका कार्यको सशक्त प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न हुने जुनसुकै खालको परिस्थितीको जिम्मेवार यही सरकार हुनेछ ।”