site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
 आक्रमणकारीको हातमा बियरका बोतल र चिर्पट थिए
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि तनहुँको रिसिङ गाउँपालिकामा सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । गाउँपालिका भवन शिलान्यास गर्न जाने क्रममा सडकमा अवरोध गर्दै आक्रमण प्रयास गरिएको थियो । नेता रिजाललाई तीनघण्टा बाटो छेकेर अघि बढ्न दिइएको थिएन । नेता रिजालले सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले प्रशासनको आडमा आफूमाथि आक्रमण प्रयास भएको बताएका छन् ।
प्रस्तुत छ, डा. रिजालमाथि तनहुँमा भएको आक्रमण प्रयासका बारेमा उनीसँग बाह्रखरीका जगन्नाथ दुलालले गरेको संक्षिप्त कुराकानीः

तनहुँमा तपाईंमाथि आक्रमण प्रयास भएको हो ? के भएको हो त्यहाँ ?

मलाई अवरोध गर्नकै लागि बाटोमा ठाउँ– ठाउँमा रुख काटेर ढालिएको रहेछ । ढालिएका रुखहरु पन्छाउँदै हामी कार्यक्रमस्थलतर्फ गइरहेका थियौं । रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो । उक्त गाउँपालिका प्रवेश गर्नेबित्तिकै करिब डेढसय मानिस जम्मा भएर बसेको देखेँ । उनीहरुको हातमा बियरको बोतल, ढुँगा र काठका चिर्पटहरु थिए । हामीलाई देख्नासाथ उनीहरुले बियरका बोतल र ढुँगा हामीतिर बर्साए । लाठी, भाला, हतियार बोकेर आएका रहेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तपाईंमाथि किन आक्रमण भएको रहेछ ? कतिबेर अवरोधको सामना गर्नुपर्‍यो ?

तीनघण्टासम्म त्यहाँ उनीहरुले बियरको बोतल र ढुँगा हानिरहे । हामी पनि पछि हटेनौं, उभिइरह्यौं । त्यहीबीचमा हाम्रा अरु साथीहरु पनि आइपुग्नुभयो । ४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए । हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे । साथीहरुले जोगाउनुभयो, बचियो ।  त्यो गाउँपालिकामा शतप्रतिशत कांग्रेसले चुनाव जितेको हो । हाम्रा अरु साथीहरुले हामीमाथि आक्रमण भएको थाहा पाएर आइपुग्नुभयो । त्यसपछि उनीहरुको केही नलाग्ने भएपछि तितरवितर भए । अनि हामी अघि बढ्यौं । भवन शिलान्यास कार्यक्रम सकेर फर्कियौं ।  

Global Ime bank

बाटोमा त्यस्तो अवरोध भइरहँदा प्रशासनको उपस्थिति थिएन ?

प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिएका हुन् भन्ने मलाई लागेको छ । किनकि त्यहाँ पुलिस प्रशासनले नै सत्तारुढ दलका कार्यकर्तालाई आड दिइरहेको हामीले पायौं ।

तपाईंमाथि के कारणले आक्रमण प्रयास गरिएको रहेछ ?

संविधान र लोकतन्त्रमाथि कसैबाट खतरा छ भने यही सरकारबाट छ । सरकार काम गर्न नसकेर आत्तिएको छ । अत्तालिएको छ । हतास मनस्थितिबाट विपक्षीमाथि आक्रमण गरिएको छ । 

अब यसबारेमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्नुहुन्छ ?

अहिले किन कुरा गर्ने ? हामीले सत्तारुढ दलका नेताहरुसँग भिख माग्ने हो र ? हामीले जितेको ठाउँमा त सत्तारुढ दलका कार्यकर्ता यसरी उत्रिन्छन् भने अन्य ठाउँमा के होला ? तर हामी पनि कमजोर छैनौं भन्ने कुरा हामी देखाउन चाहन्छौं । अहिले मण्डलेकरण दोहोरिएको हामीले महसुस गरेका छौं । यो क्रम रोकिएन भने हामी पनि चुप लागेर बस्दैनौं ।

भनेपछि अब कांग्रेस आफुमाथि आक्रमण भए त्यसका विरुद्ध उत्रिन्छ ? 

हामीले संविधान जोगाउने हो । लोकतन्त्र जोगाउने हो । त्यसका लागि हामी जेसुकै प्रतिवाद गर्न तयार छौं ।  कांग्रेस यस्ता आतंकबाट अत्तालिँदैन । झन् सशक्त प्रतिवाद गर्छ । 

यो पनि, 

‘मण्डले शैलीमा नेता रिजालमाथि भएको आक्रमण सुनियोजित’

आक्रमणका गतिविधि नरोकिए सशक्त प्रतिरोध गर्छौं : तरुण दल

नेकपा कार्यकर्ताद्वारा मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास

कांग्रेसलाई राँको र टायर बालेर ओर्लियोस् भनेर निम्तो दिएको हो ?


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय