site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोदीलाई ओलीको तीन भाषामा शुभकामना, मोदीले दिए नेपालीमा धन्यवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाली भाषामै धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा तीन भाषामा शुभकामना दिएका थिए । 

प्रधानमन्त्री ओलीले ट्विटमार्फत् मोदीलाई अंग्रेजी, हिन्दी र गुजराती भाषामा सुस्वास्थ्य, खुसी र भलाइको कामना गरेका थिए । उनले सन्देशमा नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत गर्नका लागि निरन्तर रुपमा सँगै काम गर्ने समेत उल्लेख गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त ट्विटको जवाफमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्नुका साथै उनको शुभकामनाको अत्यन्तै कदर गर्ने बताएका थिए । उनले ट्विटको रिप्लाईमा लेखेका छन्, "मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु । @kpsharmaoli

मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु । @kpsharmaolihttps://t.co/V4UleRyeF7

Global Ime bank
— Narendra Modi (@narendramodi) September 17, 2019

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC