खेल
काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता बंगलादेशमा हुने भएको छ । यसअघिको संस्करण पनि आयोजना गरेको बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिप आयोजना गर्ने भएको हो ।
मलेसियाको क्वालालम्पुरमा बसेको साफ कंग्रेसको बैठकले २०२० सेप्टेम्बरमा हुने गरी साफ आयोजनाको जिम्मा बंगलादेशलाई दिएको हो । २०१८ को साफ च्याम्पियनसिप पनि बंगलादेशले नै आयोजना गरेको थियो । उक्त संस्करणमा भारतलाई हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल भने अन्तिम चारबाट बाहिरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६ १६:५८
प्रतिक्रिया दिनुहोस्