site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ को संसद बैठक स्थगित, मनमोहन विश्वविद्यालय प्रतिविदेन सदनको कार्यसूचीबाट हटाउन माग 
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै आफ्नो कुर्सीबाट उठेर विरोध जनाएका थिए । 

प्रमुख प्रतिपक्षीले विरोध जनाएपछि प्रमुख सचेतक केदार कार्कीलाई आफ्नो कुरा राख्नका लागि समय उपलब्ध गराएका थिए । प्रमुख सचेतक कार्कीले सामाजिक विकास समितिबाट पारित भएको मनमोह विश्वविद्यालयको प्रतिवेदन सदनको कार्यसूचीबाट हटाउनुपर्ने माग गरेका थिए । उनले यो विधेयक फिर्ता लिएर विस्तृत रुपमा ल्याउनुपर्ने माग राखेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "कानुन निर्माणको प्रक्रियामा सधैं सरकारलाई साथ दिएका थियौं । तर, यसपटक मनमोहनको नाम र साख नै खुम्च्याउने गरी ल्याइएको विधेयक मान्य हुनेछैन ।" 

मनमोहन विराटनगरकै राजीनीति अगुवा नेता भएकोले उनको साखलाई उचो बनाउनुपर्ने कांग्रेसको ठहर छ ।

Global Ime bank

आफ्नो माग सम्बोधन नभए रोष्टम घेराउ गर्नेसमेत चेतावनी दिएका छन् ।

यो विधेयकको प्रतिवेदन सोमबार प्रदेश १ सामाजिक विकास समितिले बहुमतले पारित गरेको थियो । तर, कांग्रेसले उक्त प्रतिवेदन यही हालतमा पारित गर्न नहुने भन्दै नोट अफ डिसेन्ट लेखेको थियो । 

उक्त प्रतिवेदन अनुसार विश्वविद्यालयको 'बोर्ड अफ गर्भनर्स' को विषयमा कांग्रेसले आपत्ति जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC