site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फेसबुक र युट्युबमा निगरानी बढाउँदै प्रहरी, एसएसपी भन्छन्- अफवाह फैलाउनेलाई खोज्दैछौं
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सामाजिक सञ्जालमा सामाजिक मूल्य मान्यता र कानुनविपरीतका तस्बिर राख्ने, भिडियो सेयर गर्नेलगायत समूहको अपराध महाशाखाले खोजी सुरु गरेको छ । महानगरीय अपराध महाशाखाले विभिन्न युट्युब च्यानलका उत्पादित सामग्री, सामाजिक सञ्जाल फेसबुक लगायतमा गरिएका अमर्यादित पोस्ट गर्ने व्यक्तिहरुमाथि निगरानी सुरु गरेको हो ।

पछिल्लो समय युट्युबमा भ्युअर बढी बनाउन, लाइक र सेयरकै लागि असामाजिक, असंवेदनशील तथा कानुनविपरीतका गतिविधि बढ्न थालेपछि निगरानी बढाइएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।

Agni Group
NIC Asia

प्रहरी अधिकारीहरुका अनुसार गम्भीर सामाजिक मुद्दामात्रै नभएर अपराध अनुसन्धानकै विषयमा पनि तुच्छ टिप्पणी गर्ने, त्यसबारे भ्रम सिर्जना गर्ने काम बढ्दो छ । हालै पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछिको अनुसन्धानको विषयलाई लिएर पनि सामाजिक सञ्जाल, युट्युबलगायतमा विभिन्न कुराहरु पोस्ट भएपछि प्रहरी कडाइका साथ प्रस्तुत हुन लागेको हो ।

एक प्रहरी अधिकारीले भने, ‘‘युट्युबरले माइक तेर्स्याउँदा जे मन लाग्यो त्यही बोल्ने, बहकिएर के बोल्दैछु भन्नेसम्म बिर्सने प्रवृत्ति डरलाग्दो छ । यसले समाजमा भयावह अवस्थामात्रै ल्याउँदैन, अपराध समेत बढाउँछ ।’’ त्यसबाहेक पछिल्लो समय उच्च पदस्थ व्यक्तिको नाम लिएर गाली गर्ने, मर्यादाबाहिरको भिडियो बनाउने, विभिन्न गीतका ट्रोलमा नेताहरुको भिडियो प्रयोग गर्ने प्रवृत्ति बढेको छ । महाशाखाका एसएसपी थापाले भने, ‘‘प्रधानमन्त्रीज्यूकै स्वर्गवास होस् भन्ने तल्लो स्तरका सामग्री भेटिएका छन् । यस्ता सबै व्यक्तिहरुलाई खोजी गर्दै कानुनी दायरामा ल्याउन लागिपरेका छौं ।’’

Global Ime bank

एसएसपी थापाले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आग्रह समेत गरे । उनले भने, ‘‘भावनामा बहकिएर जे मन लाग्यो त्यही लेख्ने, पोस्ट गर्ने, मानवीय संवदेना नै बिर्सनेविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुन्छ ।’’ 

प्रहरी प्रधान कार्यालयका अनुसार नेपालमा फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता एक करोडभन्दा बढी छन् । पछिल्लो समय नेपालमा साइबर अपराधका घटना बढ्दै गएका छन् । अपराध महाशाखा, साइबर व्युरो र केन्द्रीय अनुसन्धान व्युरोले मात्रै साइबर अपराधका घटनाको अनुसन्धान गर्दै आएका छन् । साइबर अपराध र चुनौती बढेपछि एक वर्षअघि मात्रै प्रहरी प्रधान कार्यालयले छुट्टै साइबर व्युरोको स्थापना गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu