site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लघुकथा समाजले गर्यो सरुभक्त र इन्दिराको सम्मान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लघुकथा समाज नेपालले स्थापनाको ११औं वार्षिकोत्सबका अवसर पारेर नेपाली साहित्यका दुई स्रष्टालाई सम्मानित गर्दै लघुकथा दिवश मनाएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकारहरू सरुभक्त र इन्दिरा प्रसाईँलाई सम्मान तथा पुरस्कृत गरे । 

समाजले पद्मा रामचन्द्र लघुकथा सम्मान सरुभक्तलाई र धनमान लघुकथा पुरस्कार इन्दिरा प्रसाईलाई प्रदान गरेको छ । दुबै पुरस्कारको राशी १० हजार १०१ रुपैयाँको रहेको छ । कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले लघुकथाका विषयमा आफ्नो अनुभव बताएका थिए । कार्यक्रमा दुबै साहित्यकारको परिचय प्रा.डा. लक्ष्मणप्रसाद गौतमले दिएका थिए ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अशेष मल्ल, सरुभक्त, इन्दिरा प्रसाई, धनमान श्रेष्ठ, डा. पुष्करराज भट्ट, तुलसीहरि कोइरालाले बोलेका थिए । लघुकथा समाज र सर्वनामको आयोजनामा सम्पन्न कार्यक्रमको अन्त्यमा राज शाहको निर्देशनमा सरुभक्तले लेखेको दुई लघुकथा र इन्दिरा प्रसाईले लेखेको एक लघुकथा मञ्चन गरिएको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC