site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 राप्रपा बैठक भदौ दोस्रो साता
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गरिने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न आगामी भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पुर्‍याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ । । 

अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका चाहना पूरा गर्नका लागि भएका परिवर्तनअनुसार सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले राप्रपाले लिएको वैचारिक दृष्टिकोणकाबारे फैलिएका भ्रमलाई प्रशिक्षकले जनतालाई बुझाउन निर्देशन दिए ।
 
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले समान विचार भएका विभिन्न दललाई एकताबद्ध गरी बलियो प्रजातन्त्रवादी शक्ति निर्माणका लागि आग्रह गरेको छ । उक्त पार्टीले मुलुकको समसामयिक राजनीतिक अवस्था, आर्थिक विकासका लागि पार्टीले अवलम्बन गर्नुपर्ने आर्थिक नीतिमा अर्थविज्ञ, उद्योगीको सुझावसमेत सङ्कलन गरेको छ । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC