site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्चनपुरमा विद्यार्थी मृत्यु प्रकरणः तीनजना शिक्षक पुर्पक्षका लागि जेल चलान
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । कञ्चनपुरको महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनी मृत्यु प्रकरणमा तीनजना शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । असार १३ गते शिक्षकबाट कुटिएका माधवको १२ दिनपछि उपचारका क्रममा भारतमा मृत्यु भएको थियो ।

माधवलाई शिक्षकहरुको समूह मिलेर कुटेको आफन्तले आरोप लगाउँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चचनपुरका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले भने, ‘‘कुटपिटपछि माधवको खुट्टामा इन्फेक्सन भएको र त्यही इन्फेक्सनका कारण उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा पाइएपछि हामीले कर्तव्य ज्यानमा शिक्षकहरुविरुद्ध मुद्दा दायर गरेका थियौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

एसपी आचार्यका अनुसार असार २५ गते मृतकका मामा पुष्पमणी जोशीले अध्यक्ष निरन्जन प्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशीसहित तीन शिक्षक विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए । जिल्ला अदालतको आदेशपछि शिक्षकहरू लक्ष्मण प्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्री पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अदालतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रिन्सिपललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहरालाई एक लाख र प्रिन्सिपल यशोदा जोशीलाई तीन लाख रुपैयाँ धरौटीमा छुटेको एसपी आचार्यले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC