देश
काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको बालाजुको माछापोखरीस्थित एक सपिङ मलबाट खसेर मृत्यु भएको छ । उनको दिउँसो एक बजेतिर मृत्यु भएको बताइएको छ ।
श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शवको बुधबार पोष्टमार्टम गर्ने परिवारले जनाएको छ ।
श्रेष्ठको मृत्यु आत्महत्या हो वा होइन भनेर अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
*यसअघि प्रत्यक्षदर्शीको भनाइको आधारमा आत्महत्या भनिएकोमा पुष्टि भइनसकेकोले सच्याइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६ १७:११
प्रतिक्रिया दिनुहोस्