कास्की । पोखरामा आठ दिनदेखि होटलमा बन्धक बनाएर १४ वर्षीया बालिकाको बलात्कारमा संलग्न एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका–७ बस्ने मोरङ विराटनगर घर भएका २८ वर्षीय राकेश कुमार कानोडिया छन् ।
उनले पोखरा महानगरपालिका–६ लेकसाईड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार होटलको कोठामा ल्याई बालिकाले प्रयोग गरेको मोबाइल नियन्त्रणमा लिई अविभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई आठ दिनदेखि जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।