site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष  पुर्याउन सहज भएको बताएका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रम एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत् देशको आकांक्षा, सरकारका उपलब्धी र प्रतिफल जनतासँग पुर्याउन सहज भएको बताएका छन् ।

“यस कार्यक्रममार्फत् देशको अवस्था, सरकारका उपलब्धी, सडक यातायातको चर्चा, राष्ट्रिय आकांक्षा पूरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौं,” प्रधानमन्त्री ओलीले भने । हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक बर्षमा कार्यक्रम ५० अंक प्रशारण भयो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले आजैबाट जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रशारण समापन गरिएको जानकारी दिएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC