site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले भन्यो– तत्काल फोन वार्ता गर्नोस् भारत सरकारसँग, रौतहटको गौर डुब्न लाग्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले रौतहटको सदरमुकाम गौर डुब्न लागेको भन्दै भारतसँग वार्ता गर्न सरकारसँग आग्रह गरेको छ । भारतीय पक्षले बाँधमा रहेका पानी थुन्ने ढोकाहरु नखोलिदिँदा गौर डुवानमा परेपछि कांग्रेसले उक्त विषयमा तत्काल भारतसँग फोनवार्ता गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेका छन्, “पीएम नेपाल सरकारलाई सार्वजनिक आग्रह–तत्काल फोन वार्ता गर्नोस् भारत सरकारसँग, रौतहटको गौर डुब्न लाग्यो । उनले बाँध खोल्न ढिलाए भए अकल्पनीय क्षती हुने बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

लगातारको वर्षाका कारण आएको बाढीले रौतहट जिल्लाका विभिन्न ठाउँ डुबानमा परेको छ । बागमती, लाल बकैया झाँझ, चादीलगायत नदीमा बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका डुबानमा परेका छन् । 

देवाही, गनाई, हतुवापुर, कटहरिया, छतुवाविजयपुर, दुर्गाभगवती लगायत गाउँबाट एक हजारजना विस्थापित भएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । “सुरक्षा निकाय बसेको ठाउँ नै पानीले भरिएको छ । पानी परिरहेकाले हामीबीच टेलिफोन सम्पर्क मात्रै हुनसकेको छ । लगातार पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी थापाले बाह्रखरीसँग भने, “हेलिकप्टरबाट उद्धार गर्न पनि घाँटी घाँटी पानी भएकाले ल्यान्ड गर्ने ठाउँ छैन । त्यसैले चपुरमा बसाएर भए पनि उद्धारको प्रयास गर्ने छौं ।”

Royal Enfield Island Ad

थापाले हेटौंडाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि मोटर बोटसहित आउन लागेको जानकारी दिए । 

सुरक्षाकर्मीका ब्यारेक र कार्यालय नै डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको कार्यालयसमेत डुबानमा परेका छन् ।

जिल्लाका बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुटेका छ । नदी आसपासका सयौं परिवार विस्थापित भएका छन् । जिल्लाका अहधिकांस सडक सञ्जाल विच्छेद भएको छ । पानी पर्ने क्रम नरोकिएको र नदीमा बहाव बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro