site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हारपछि कप्तान कोहलीले गरे न्युजिल्यान्डका बलरको प्रशंसा, जडेजाको पारी उत्कृष्ट
Sarbottam CementSarbottam Cement

बीबीसी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएपछि  भारतीय कप्तान विराट कोहलीले न्युजिल्यान्डका बलरको प्रशंसा गरेका छन् । सुरुआती ४५ मिनेटको खराब प्रदर्शनका कारण नतिजा न्युजिल्यान्डलाई सुम्पिन बाध्य भएको कप्तान कोहलीले बताए । न्युजिल्यान्डको शानदार बलिङका कारण टोली दबाबमा परेर गलत खेलका लागि बाध्य भएको उनको भनाइ छ । 

कप्तान कोहलीले सेमिफाइनलबाट बाहिरिए पनि विश्वकपमा टोलीले समग्रमा राम्रो प्रदर्शन गरेको बताए । खेलपछि पत्रकार सम्मेलनमा कोहलीले भने, ‘हामी हारपछि पक्कै निराश छौं । तर हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’

आफूले गरेको गल्ती स्वीकार गर्न लाज नलागेको बताएका कोहलीले हारबारे तत्काल नै प्रतिक्रिया दिनु आवश्यक नरहेको उल्लेख गरे । ‘विस्तारै गलत कहाँ भयो भनेर नियाल्न सकिन्छ । अहिले नै भन्नु आवश्यक छैन,‘ कप्तान कोहलीले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

बलरको तारिफ गरेका उनले ओपनर रोहित शर्मा र आफू राम्रो बलमा आउट भएको बताए । ‘लक्ष्य ठूलो थिएन, हामीले सोचेका थियौं सजिलो लक्ष्य पार गर्नेछौं । तर सुरुआती गलत खेलले धरापमा पर्र्यो ।’
न्युजिल्यान्डको शानदार बलिङमा ८ ओभरमा ठूलो सट खेल्ने मौका नै नमिलेको उनको भनाइ छ । ‘नयाँ तरिकाले बलिङ गरेर भारतलाई दबाबमा राखे । यो भन्न अप्ठारो लागेको छैन,‘ कप्तान कोहलीले थपे, ‘सेमिफाइनल अघिको प्रदर्शन पनि हेर्न आवश्यक छ । रोहित शर्माको शानदार ब्याटिङ, जसप्रित बुम्रराह र रविन्द्र जडेजाको प्रदर्शन । शानदार क्रिकेट खेलेका छौं मेहनतका साथ । तर मैदानमा रहेको टोलीले राम्रो खेलेपछि अर्को बाहिरिन्छ ।’ 

रिसब युवा छन् अझै सिक्नेछन् 

Global Ime bank

जब भारत ३ विकेटको पतनपछि दबाबमा थियो, सबै जिम्मेवारी युवा खेलाडी रिसब पन्त र हार्दिक पाण्डेयमा थियो । रिसब ठूलो सट खेल्न खोज्दा क्याचको शिकार भए । 

उनको सटबारे पत्रकारले सोधेको प्रश्नमा कप्तान कोहलीले भने, ‘रिसब स्वभाभिक खेल खेल्छन् । उनले हार्दिकसँग राम्रो साझेदारी गर्ने प्रयास गरेका हुन् । उनी युवा छन् । जब म उनको अवस्थामा थिएँ, त्यही गल्ती गरेको थिएँ । उनी देख्नेछन् र सिक्नेछन् त्यस्तो अवस्थामा के गर्न आवश्यक छ । सायद उनलाई योबारेमा जानकारी पनि छ ।”
रिसबलाई मात्र नभएर जो कोहीसँग पनि यस्तो हुनसक्ने कप्तान कोहलीको भनाइ छ ।

धोनीबारे के भने कोहलीले ?

टोली सेमिफाइनलबाट बाहिरिँदा महेन्द्रसिंह धोनीको पारी चर्चामा रह्यो । उनले जडेजासँग मिलेर अन्तिम समयसम्म ७२ बलमा ५० रनको योगदान दिए । तर रनआउट भएपछि टोलीलाई जिताउने आशा समाप्त भएको थियो । कप्तान कोहलीले धोनीको बचाउ गर्दैै उनले आवश्यकता अनुसार खेल खेल्ने प्रयास गरेको बताए । 

“बाहिरबाट जे भन्न पनि सजिलो छ तर धोनीले एकातिर सम्हालेर खेल्न आवश्यक थियो । अर्कोतिर जडेजाले राम्रो खेलिरहेका थिए । मेरो अनुसार उनले खेलको आवश्यकता अनुसार खेलिरहेका थिए,’ कोहलीले भने ।  
कोहलीले धोनी भन्दा अगाडि हार्दिक पाण्डेयलाई पठाउनुको उद्देश्य अबस्था खराब भए धोनीले सम्हाल्ने छन् भन्ने रहेको बताए । विश्वकपपछि भारतीय टोली वेष्ट इन्डिज भ्रमणमा जाने तय छ । यसबीचमा धोनीले सन्यास लिनसक्ने आकंलन गरीएको छ । सन्यासबारे धोनीले केही नबताएको कोहलीले उल्लेख गरे । 

जडेजाको तारिफ

टप अर्डरका ब्याटसम्यान पवेलियन फर्किएपछि रविन्द्र जडेजाले भारतलाई सम्मानजनक अवस्थामा पुर्याए । ५९ बलमा उनले ७७ रनको पारी खेले । भारत पराजित भयो तर कप्तान जडेजाको प्रदर्शनमा सन्तुष्ट रहे । उनले भने, “तपाईंहरुले पनि देख्नुभयो कि उनले कस्तो खेल प्रदर्शन गरे । एकदिवसीय मात्र होइन, टेष्टमा पनि उनले राम्रो प्रदर्शन गरिसकेका छन् । घरेलु क्रिकेटमा पनि ठूलो रन बनाएका छन् । मैले उनलाई १० वर्षदेखि देखिरहेको छु र उनीसँग खेलिरहेको छु । दबाबका बीच खेलेको उनको यो पारी शानदार हो ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !