site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेनाका जवानदेखि सीआईडीसम्मको डीएनए परीक्षण, भेटिएन हत्यारा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सडकदेखि सदनसम्म तातेको र राष्ट्रिय चासोको विषय बनेको निर्मला पन्त बलात्कार–हत्याकाण्डको अनुसन्धान अझै जारी छ । तर अभियुक्तको पहिचान भने एक वर्ष बित्न लाग्दा पनि हुन सकेको छैन । 

केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीकै जिम्मेवार अधिकारी बर्खास्त र निलम्बनमा परेको निर्मला हत्याकाण्डमा संलग्नको पहिचान हुन नसक्दा प्रहरी संगठन र सरकार नै आलोचनाको तारो बन्न पुग्यो । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा कञ्चनपुर भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया बालिका निर्मला फेला परेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्मला हत्याकाण्डपछि चर्किएको आन्दोलनमा एक जनाको ज्यानै गयो । स्थानीयले अनुसन्धानमा सहयोग नगरेको गुनासो तत्कालीन प्रहरी अधिकारीहरुले गर्दै आएका थिए । पछिल्लो समय प्रहरी र जनताको सम्बन्धमा सुधार आएको र अनुसन्धानमा सकारात्मक प्रगति भइरहेको अनुसनधानमा संलग्न एक अधिकारीले बताए । अनुसन्धानका क्रममा प्रहरीले पटक–पटक विभिन्न व्यक्तिलाई पक्राउ गरेर डीएनए परीक्षण गरेपनि निर्मलाको शरीरबाट निकालिएको स्याम्पलसँग डीएनए नमिल्दा छुट्ने गरेका छन् ।

नेपालमा बलात्कारको घटनामा डीएनए परीक्षण गरिएको यो नै पहिलो घटना हो । शंकाको विश्वसनीय सुई प्रहरीले अझै भेट्टाएको छैन । बेलाबेला अनुसन्धानका क्रममा नयाँ–नयाँ तथ्य फेला पर्छन् तर त्यसलाई पुष्टि गर्ने प्रमाण फेला नपर्दा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको हो । निर्मला हत्याकाण्डमा हालसम्म ७८ जना शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिएको छ । नेपाली सेनाका जवानदेखि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी (सीआईडी) सम्मको रगत परीक्षणका लागि झिकिएको थियो । केही राजनीतिक दलका नेता–कार्यकर्ता, निर्मलाका आफन्तको रगतसमेत डीएनए परीक्षणका लागि लिइएको थियो । प्रहरी अधिकारीका अनुसार आफन्तदेखि स्थानीय, आपराधिक गतिविधिमा संलग्न सबैमाथि निगरानी बढाइएको छ ।

Global Ime bank

पछिल्लो ११ महिनामा प्रहरीले शंकास्पद एक हजार भन्दा बढीसँग सोधपुछ र ६ सय बढीसँग बयान लिएको छ । कल डिटेल हेर्नेदेखि शंकास्पद व्यक्तिको सामाजिक सञ्जालमाथि समेत निगरानी बढाइएको थियो ।  तत्कालीन प्रहरी नेतृत्वले गत भदौ ४ गते दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर दिलिपको डिएनए निर्मलाको भेजिनल स्वाबसँग मेल नखाएपछि उनी छुटेका थिए ।

तर दिलिप हत्यारा हुन् कि होइनन् भन्नेमा प्रहरीमै दुईमत छ । एकथरी प्रहरी अधिकारी दिलिपको संलग्नता नहुने दाबी गर्छन् भने अर्कोथरी प्रहरी अधिकारी अनुसन्धान अहिल्यै सकियो भन्न नमिल्ने तर्क गर्दै आएका छन् । प्रहरीले देशदेखि विदेशमा भएका शंकास्पदमाथि निगरानी बढाएको छ । पछिल्लो समय प्रहरीले आसपासका सबै वडाका घरका सदस्यको विवरण संकलन गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २३, २०७६  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC