site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर कोरियामा खाद्य संकट ! ५० हजार टन चामल दिँदै दक्षिण कोरिया
Sarbottam CementSarbottam Cement

अनावृष्टिको मार झेलिरहेको उत्तर कोरियालाई दक्षिण कोरियाले ५० हजार टन चामल दिने योजना बनाएको छ । पछिल्लो एक दशकमा यो पहिलो घटना हो, दुनियाँबाटै अलग बन्दै गएको उत्तर कोरियालाई दक्षिण कोरियाले मानवीय सहयोग गर्न लागेको ।

उत्तर कोरिया अहिले भयङ्क सुख्खा (अनावृष्टि)को चपेटामा परेको छ । र, त्यस मुलुकमाथि लाग्दै आएको आर्थिक प्रतिबन्धका कारण अहिले खाद्यान्न सङ्कट पैदा भएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भनेको छ– चाँडोभन्दा चाँडो आफ्नो छिमेकी मुलुक उत्तर कोरियामा चामल पु¥याइनेछ ।   

संयुक्त राष्ट्र सङ्घ (युएन)को विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले मानवीय राहत प्रदान गर्ने यो कामको प्रक्रियाको अनुगमन गर्ने भएको छ । दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलने भने, ‘‘उत्तर कोरियावासीको खराब स्थितिलाई दक्षिणले नजरअन्दाज गर्न सक्दैन ।’’ यसअघि सन् २०१० मा पनि दक्षिण कोरियाले उत्तरलाई मानवीय मद्दत गरेको थियो । त्यसबेला पाँच हजार टन चामल दिइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यी दुई देशबीच पछिल्लो समय सम्बन्ध केही सुध्रिएको देखिन्छ । केही दिनअघि युएनको एक कार्यक्रमका लागि दक्षिणले ८० लाख डलर दिएको थियो । यसै कार्यक्रममार्फत् उत्तरका महिला र बच्चालाई पोषक खाद्य तथा स्वास्थ्य सुविधा प्रदान गर्ने योजना बनाइएको थियो । गत महिना नै युएनले तयार पारेको रिपोर्टमा उत्तर कोरियामा छिट्टै मानवीय सहयोग पु¥याउनुपर्ने उल्लेख थियो । 

उत्तर कोरियाको खाद्य सङ्कट गम्भीर

Global Ime bank

युएनको रिपोर्टअनुसार यो वर्ष उत्तर कोरियाली नागरिकले प्रतिदिन केवल ३०० ग्राम भोजनमा जीवन चलाउनु परिरहेको छ । उत्तरमा यो वर्ष अनावृष्टिका कारण खाद्यान्न उत्पादन विगत ३७ वर्षमा सबैभन्दा कम हुन पुगेको छ । सुख्खाको असर पूरै देशमा परेको छ र उत्पादन निकै कम छ । 

एक आकलनलाई मान्ने हो भने, त्यहाँका ४० प्रतिशत मानिसलाई मानवीय मद्दत आवश्यक छ भने, ७० प्रतिशत अहिले पनि सरकारले वितरण गर्ने राशनमा निर्भर छन् । लामो समयदेखि उत्तर कृषि उत्पादनको सङ्कसँग जुध्दै आएको छ । १९९० मा भयानक सुख्खाको मार त्यहाँ परको थियो । त्यसबेला हजारौं कोरियालीको मृत्यु भएको बताइन्छ । 

परणमाणु तथा मिसाइल कार्यक्रमलाई बढी महत्व दिएका कारण उत्तर कोरियाले विभिन्नखालका प्रतिबन्धको सामना गर्नुपरेको छ । यसको असर मुलुकको अर्थव्यवस्थाका साथै खाद्यान्न जुटाउने क्षमतामा समेत पर्न गएको छ । 
(बीबीसी)


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC