site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योगेश भट्टराईको आग्रह– गुठी विधेयक फिर्ता लिऊँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले गुठी विधेयक फिर्ता लिन सरकारलाई अपिल गरेका छन् । माइक्रोब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै भट्टराईले विधेयकका बारेमा सरकारले बुझाउन नसकेको र बुझ्नेले बुझ्न नचाहेको टिप्पणी गरेका छन् ।

उनले प्रतिपक्षी नेपाली कांग्रेसले गुठीको आन्दोलनको भुंग्रोमा रोटी सेक्न थालेको भन्दै सरकारले फिर्ता लिनु उपयुक्त हुने ठहर्याएका हुन् । उनले लेखेको छन्– “गुठी विधेयकः बुझाउनुपर्नेले बुझाउन सकेनन्, बुझ्नुपर्नेले बुझ्न कोसिस नै गरेनन् । आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनुभयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला प्रधानमन्त्रीज्यू !”

KFC Island Ad
Dabur Nepal
NIC Asia

विधेयकका विपक्षमा काठमाडौं उपत्यकाबाट निर्वाचित सांसदहरु पनि एकट्ठा भएका छन् । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले त गुठियारलाई सामन्तवादी भनेकाले सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा नै दिनुपर्ने बताएका छन् ।

यसरी सत्तारूढ दल नै विभाजित भएपछि भट्टराईले विधेयक फिर्ता लिएर नयाँ शिराबाट अघि बढनु नै उपयुक्त ठहर्याएका हुन् ।

Royal Enfield Island Ad

गुठी बिधेयक : बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन् ।आगोमा रोटी सेक्न अबान्छीत पनि मिसिए र साम्प्रदायीक सदभाबमाथि धावा बोल्न थाले ।@PM_Nepal स्वदेश फर्कनु भयो । अब यो बिधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला @PM_Nepal ज्यू ।

— Yogesh bhattarai (@yogesbhattarai) June 16, 2019

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro