site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुठीसम्बन्धि विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन हुन्छ : नेता सिंह
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीप्रति जनचासो बढिरहेको भए पनि आकर्षक कार्यक्रम दिन नसक्दा अलमलको स्थिति रहेको बताएका छन् । 

कांग्रेस पर्साले बिहीबार पार्टी कार्यालय वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले पार्टीलाई संस्थागत रुपमा चलाउनुनै मुख्य चुनौती रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘देशभरी कांग्रेसप्रति जनचासो बढिरहेको छ तर आकर्षक कार्यक्रम दिन नसकेकाले कांग्रेस अलमलको स्थितिमा छ,’’ उनले भने, ‘‘पार्टीलाई संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती छ ।’’ कांग्रेसभित्र ‘डायनामिक’ नेताको खोजी भइरहेको भन्दै उनले गतिशील र मजबुत कांग्रेसको अपेक्षा मुलुकले गरिरहेको बताए ।

सिंहले सरकार एकपछि अर्कोगरी विवादस्पद मुद्दामा फसिरहेको भन्दै जनभावनको ख्यालै नगरी सरकार मनोमानी ढंगले प्रस्तुत हुनु दुःखद भएको बताए । उनले सरकारले गुठीसम्बन्धि विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलनको सुरुवात हुने पनि चेतावनी दिए । 

Global Ime bank

‘‘गुठी विधेयकलाई सरकारले फिर्ता लिनुपर्छ । विधेयकको विरोधमा राजधानीबासीहरु आन्दोलित भइरहेका छन्,’’ नेता सिंहले भने, ‘‘विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन सुरू हुन्छ ।’’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC