site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
करिष्माले सरितालाई भनिन्–तपाईंले जितिसक्नु भयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायिका करिष्मा मानन्धरले नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा भाग लिन पाउनु नै सरिता लामिछानेको जीत भएको बताएकी छन् । आज भइरहेको संघको निर्वाचनमा सरिता अध्यक्षकी प्रतिस्पर्धी हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा नायिका मानन्धरले सरितालाई चुनावमा भाग लिन सफल हुनुनै उनको जीत भएको लेखेकी छिन् । “सरिता चेलीलाई के भन्न चाहान्छु भने कलाकार नै होइन भन्ने लान्छना लगाएर अदालतबाट जितेर (जुन हिम्युलेसन गर्नु को पराकाष्ठा थियो) चुनावमा भाग लिन सफल हुनुभयो । त्यो नै तपाईंको जीत हो । बाँकी प्रतिस्पर्धामा हार जीत त भैहाल्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चुनाव लोकतान्त्रिक प्रक्रिया भएको र यसमा सबैले सहभागी हुन पाउनु पर्ने करिष्मा बताउँछिन् । 

सरिताले महिला कलाकार भैका कारण जुन मुद्दा मामिला र मानसिक तनाव झेल्नुपर्यो त्यसले महिलालाई हरेक क्षेत्रमा अझै अप्ठ्याराहरु छन् भन्ने स्पष्ट पारेको करिष्माले बताएकी छन् । 

Global Ime bank

आफू स्पष्ट व्यक्ति भएको भन्दै उनले लेखेकी छिन्, “म स्पष्ट मानिस हँु । सत्यको साथ छु । कसैलाई ठिक पार्नु छैन ।” करिष्मा सरिताको पक्षमा छिन् । 

संघको १७ औं कार्यसमितिको चयनका लागि आज भइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्का चुनावी मैदानमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC