site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सांसद भएर खुसी होऊँ कि नागरिक भएर दुःखी ?’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको चुनौतीलाई स्वीकार गरेका छन् । सोमबार प्रतिनिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा महासचिव पौडेलले वृद्ध भत्ताका बारेमा प्रतिपक्षी दललाई दिएको चुनौतीलाई मंगलबार नेता थापाले स्वीकार गरेका हुन् । 

‘‘हुन त एक जना बलवान सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्नुहुन्छ– यहाँ उभिएर चुनौती दिनुभयो– वृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ ?,’’ मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘‘मेरो हिम्मत छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले विदा लिँदै गर्दा ६५ वर्षको उमेरमा पाँच हजार वृद्धभत्ता पुर्याउँछु भनेर भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेको मात्रै होइन । कानुन बनाउँदै गर्दा ७० वर्षभित्रलाई आधार वर्ष बनाउनुपर्छ भनेर उमेर झार्न पाइँदैन भनेर कानुन संशोधन गर्न लगाउने सांसद हुँ म ।’’

Prabhu Bank
Agni Group
NIC Asia

नेता थापाले सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र नभएर गैरनगदको प्रबन्ध गरेर पनि सामाजिक सुरक्षा गर्न सकिने बारेमा सरकारलाई सुझाव दिए । ‘‘सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन । गैरनगदको प्रवन्धबाट तीन हजारमात्र होइन, ३० हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने भन्ने बारेमा छलफल गर्ने कुरा वान्छनिय छैन ?,’’ उनले सरकारलाई प्रश्न गरे ।  

बलियो सरकारले विद्धान् अर्थमन्त्री पाएर पनि देशलाई केही दिन नसकेको कांग्रेस नेता थापाको टिप्पणी थियो । ‘‘यत्रो बलियो कम्युनिस्ट सरकारले विद्धान अर्थमन्त्री पाउँदै गर्दा देशले के पाउने भए त सभामुख महोदय ? बाआमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रको कार्यक्रममा थप दुई करोड । तपाईंको नाम यिनै दुई कामले राख्नमा सन्तोष मान्न खोज्नुभएको हो भने मेरो भन्नु केही पनि छैन,’’ उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई ईंगित गर्दै भने । 

Global Ime bank

उनले प्रतिपक्षी दलको सांसदका रुपमा आफूलाई खुसी लागिरहे पनि आमनागरिकको हैसियतमा आफू दुःखी भएको बताए । ‘‘प्रत्यक्ष निर्वाचित सांसद हुँ म, विकासको माग मलाई पनि थाहा छ । प्रतिपक्षको सांसद भएर खुसी लागेको छ,’’ थापाले भने, ‘‘तर, नागरिक भएर सोच्छु– फेरि अझै तीन वर्ष यही सरकारले बजेट बनाउँछ । मेरो नागरिकका रुपमा रहेको तीन वर्ष अझै खेर जाने भयो । यत्रो अनुकूलको अवसर खेर जाने भयो। नागरिक भएर दुःख लागेको छ ।’’

उनले सभामुख कृष्णबहादुर महरामार्फत् अर्थमन्त्री खतिवडालाई प्रश्न गरे, ‘‘सम्माननीय सभामुखमार्फत् अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु– सांसद भएर खुसी होउँ कि नागरिक भएर दुःखी होउँ ? म खुसी होउँ कि दुःखी होउँ अलमलमा परेको छु ।’’     
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC