काठमाडौं । ढोलाहिटी-चापागाउँ सडकमा भएका खाल्डाखुल्डी पुर्ने सहमति भएको छ । सडक विभागमा बिहीबार सडक विस्तार आयोजनाका प्रतिनिधि, स्थानीय र ठेकेदारका कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा तत्कालको समस्या समाधानका लागि उक्त सडकमा भएका खाल्डाखुल्डी पुर्ने सहमति भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयका इन्जिनियर तथा प्रवक्ता विश्व विजय लाल श्रेष्ठले बताए ।
उनका अनुसार हाल उक्त खाल्डाखुल्डी पुर्ने काम चार वर्षअघि उक्त सडक विस्तार र कालोपत्रेको ठेक्का लिएको कन्टेक निर्माण प्रालीले नै गर्ने भएको छ । उक्त सहमतिसँगै खाल्डाखुल्डी पुर्न सुरुगरेसँगै स्थानीय पनि शुक्रबारदेखि बन्द खोल्न तयार भएका हुन् ।
तर, उक्त सडक कालोपत्रेको विषय भने अझै अन्योल छ । उक्त सडक कालोपत्रे कहिले र कसले गर्ने भन्ने अझै यकिन हुन सकेको छैन । कालोपत्रेको विषयमा प्रवक्ता श्रेष्ठले भने, " यस विषयमा आगामी दिनमा छलफल हुनेछ । ठेकेदार कम्पनी कन्टेक प्रालीले नै काम गर्न तयार भएमा चाँडै कालोपत्रेको काम सुरु हुन्छ । यदी यसले नमानेमा आगामी हिउँदसम्म कालोपत्रेको काम सुरु हुन्छ ।"
एक वर्षमा काम सक्ने ठेक्का सम्झौता गरेको कन्टेक निर्माण प्रालीले समयमै काम नसकेपछि सडकमा उड्ने धुलो र वर्षातमा हिलोबाट स्थानीय पीडित बनेपछि शुक्रबार बिहानबाट उक्त सडक स्थानीयले नै अवरोध गर्दै आएका थिए ।
यो पनि,
ढोलाहिटी-चापागाउँ सडकको विवाद थप पेचिलो बन्दै, प्राधिकरणले जिम्मेवारी पूरा नगरेको जनप्रतिनिधिको आरोप
ढोलाहिटी-चापागाउँ सडकको विवाद थप पेचिलो बन्दै, प्राधिकरणले जिम्मेवारी पूरा नगरेको जनप्रतिनिधिको आरोप
ठेचुका स्थानीयको आक्रोश– प्रचण्डको घरसम्म चार लेन सडक, हामीलाई चाहिँ धूलोमात्रै ?
ढोलाहिटी–चापागाउँ सडकमा स्थानीयको अवरोध जारी, बिरामीको बिजोग
ढोलाहिटी–चापागाउँ–लेले सडकमा स्थानीयको अवरोध जारी, पुरानो रेटमा काम गर्न सकिँदैनः ठेकेदार
चापागाउँ-लेले सडकका स्थानीयले पनि धुलो बढेको भन्दै थाले आन्दोलन