site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसिया कप : नेपाल पहिलो खेलमा पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसिया कप व्‍हील चियर ट्वान्टी-ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । बुधबार भएको पहिलो खेलमा नेपाल बलियो प्रतिस्पर्धी भारतसँग पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछउने क्रममा भारतले १५ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो खेलमा भारतलाई जित दिलाउन गौरब विश्वनाथले अर्धशतकीय पारी खेले । उनले अविजित रहदै ५० रन पूरा गरेका हुन् । यस्तै पर्शुराम देशाईले १९ रन बनाउँदा निकुलले १६ तथा सौरभ मलिकले १४ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका यम बहादुर श्रेष्ठ, विपिन पौडेल, डम्बर मगरले र राजु कटवाल एक-एक विकेट लिए ।

Global Ime bank

यसअघि नेपालले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ४० रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान डिगम सिंह चेम्जोङले अर्धशतकीय पारी खेले ।

उनले अविजित रहँदै ६६ रन बनाएका थिए । यस्तै विपिन पौडेलले अविजित रहँदै ३३ तथा रमेश खत्रीले १५ रन बनाउन सफल भएका थिए । लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC