site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पत्रकारमाथि खनिए सञ्चारमन्त्री बाँस्कोटा, भन्छन्– गलत समाचार लेख्नेलाई अमेरिकामा मृत्युदण्ड हुन्छ 

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम स्वतन्त्रताको मूल्य र मानक नभएको बताएका छन् । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए ।
अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको उल्लेख गरे ।

अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, “बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वाचित सरकार हो ।”  संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए । उनले भने, “सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शान्ति, सुशासन, समृृद्धि  र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै उनले प्रश्न गरे, “टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?”  उनले यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गरेका थिए ।

उनले भने, “के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?” उनले भने, “नियमन हामी गछौंँ, संसारभरि नै यो हुन्छ ।”  कालो झण्डा लिएर हिँड्नेसँग नडराउने उनको भनाइ थियो । उनले भने, “प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनाैं ।” 
 

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०६:५५
प्रतिक्रिया दिनुहोस्