site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई पहिचान गुमाए पनि नैतिकता नगुमाउन आग्रह गरेका छन् । उनले कांग्रेसको एक महिने जागरण अभियानअन्तर्गत मोरङमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

नेता सिटौलाले संविधान निर्माणमा सहभागिता जनाउने एमाले र माओवादीले पहिचान गुमाइसकेको आरोप लगाए । उनले संविधान निर्माणमा सहभागिता जनाउने नेकपा एमाले र एकीकृत नेकपा माओवादी दुबैको पहिचान हराएको आरोप लगाए । उनको प्रश्‍न थियो, ‘एमाले र माओवादी कहाँ छन ?’

Prabhu Bank
Agni Group
NIC Asia

सिद्धान्त र पहिचान हराएकाहरुले जनतामा निराशा छरेको सिटौलाको आरोप छ । लोकतन्त्रको बाटो अपनाएर सत्ता कब्जा गर्ने र निरंकुशता लाद्ने अभियानमा अहिलेको सरकार सक्रिय भएको उनले आरोप लगाए । सिटौलाले भने,‘‘अब त्यसको प्रतिवाद गर्न आवश्यक भइसकेको छ । लोकतन्त्रवादीहरुमाथि झुटो मुद्दा लगाउँदै कमजोरी लुकाउने प्रयास भइरहेको छ ।’’ 
सरकारका गलत कामको कांग्रेसले भण्डाफोर गर्दे जाने पनि सिटौलाले बताए । कांग्रेसको सहमतिभन्दा बाहिर गएर संविधान संशोधन गर्ने प्रयास गरे त्यो संविधान धेरै समय नटिक्ने भन्दै सिटौलाले पहिचान गुमाए पनि नैतिकता नगुमाउन सरकारलाई आग्रह गरे । 

कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई र कांग्रेस मोरङका कार्यबाहक सभापति शिवनारायण सिंह गनगाईले कांग्रेस नयाँ ढंगले अघि बढ्न जरुरी भएको चर्चा गरे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय