site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टी फुटबारे चर्चा छैन, संसद्‌मा कांग्रेसले उठाएका विषय जायज : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेस गरिने दस्ताबेजहरू प्रस्तुत गरिएको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेका हुन् ।

बैठकमा संगठनात्मक र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारूपको प्रस्ताव प्रस्तुत गरेका एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्तै, बैठकमा पार्टी अध्यक्ष र महासचिवले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले बैठकमा धारणा राखेका थिए । अरू सदस्यहरूले आइतबारको बैठकमा धारणा राख्ने र सोही दिन स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए ।

उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे । संसद्मा नेपाली कांग्रेसले उठाएका विषय जायज भएको उनले उल्लेख गरे । प्रवक्ता खतिवडाले संसद्को अवरोध हटाउन सरकार र सभामुख गम्भीर हुनुपर्नेमा जोड दिए । हिमालयन टेली भ्वाइस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu