site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कागज किर्ते गरेर खुलामञ्च कब्जा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुरानो बसपार्कमा बन्न लागेको भ्यु टावरको निर्माण व्यवसायी र काठमाडौं महानगरपालिकाबीच भएको सम्झौताको कागज किर्ते गरेको पाइएको छ । काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच ०७१ फागुन २२ गते पुरानो बसपार्कमा २९ तलाको काठमाडौं भ्यु टावर बनाउने सहमति भएको हो ।

०७३ साउन ३० गते महानगरपालिकाले भ्यु टावर निर्माणका लागि सो कम्पनीलाई कार्यादेश दिएको हो । पुरानो बसपार्कमा भ्यु टावर बन्ने भएपछि त्यहाँको बसपार्क कहाँ सार्ने र बसपार्कको व्यवस्थापन कुन पक्षले कसरी गर्ने भन्ने समस्या त्यसबेला देखा परेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसपछि निर्माण व्यवसायी र महानगरपालिकाबीच ०७३ चैत २४ गते पुरानो बसपार्कलाई  ३ वर्षका लागि खुलामञ्चमा सार्ने सहमति भएको हो । यसवापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख बुझाउने सहमति भएको हो । यो सहमतिअनुसार भ्यु टावर निर्माण कम्पनी जलेश्वर स्वच्चन्द बिकोई बिल्डर्सलाई खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, एउटा चमेनागृह, एउटा औषधी पसल र दुईवटा शौचालय र दुईवटा यात्रु प्रतीक्षालय गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको हो ।
महानगरपालिकासँग भएको उक्त लिखित सम्झौताको कागज किर्ते गरेर जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले हाल खुलामञ्चको अस्थायी बसपार्कमा ५१ वटा सटर सञ्चालन गरेको छ ।

उक्त कम्पनीले व्यवसायीबाट ५ लाख देखि १० सम्म सलामी लिएर र मासिक भाडा ४५ हजारसम्म लिएर ती सटर सञ्चालन गरेको छ ।    निर्माण कम्पनी र महानगरपालिकाबीच भएको सहमतिमा, “०७३ वैशाख १३ गते गरेको नक्साभन्दा विपरितको संरचना निर्माण गर्न पाइने छ,” भन्ने उल्लेख छ । 

Global Ime bank

तर खुलामञ्च अतिक्रमण गरी व्यवसायीको कब्जामा परेको समाचारहरु प्रकाशित भएपछि महानगरपालिकाले सहमति कागजमा भएको ‘छ’ लाई डटपेनले कोरेर ‘छैन’ बनाएको भेटिएको छ । तर महानगर स्रोतले भने यसलाई ‘मिस्टेक’ मात्र भएको भनेको छ ।

उपमेयर देखाएर पन्सिँदै मेयर

नेपालको संविधानअनुसार स्थानीय सरकारको अधिकार पाएर पनि काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गर्ने जलेश्वर स्वच्छन्द्ध बिकोई बिल्डर्सलाई कारबाही गर्न सकेको छैन ।  स्थानीयबासी र सम्पदाप्रेमीहरुले शुक्रबार मेयर शाक्यकै कार्यकक्षमा दबाब दिएपछि मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीलाई त्यस क्षेत्रको अनुगमन गर्न निर्देशन दिएका छन् । 

“अधिकार सम्पन्न भएर पनि मेयरज्यूले उक्त निर्माण व्यवसायी र खुलामञ्च अतिक्रमण गर्ने माफियाहरुलाई कारबाही गर्न ढिलाइ गरिराख्नु भएको छ । वैशाखभित्रै महानगरपालिकाले ती व्यवसायीहरुमाथि कारबाही गर्नुपर्छ नभए हामी आफैं ती सडरमा डोजर चलाउन बाध्य हुने छौं । जसको सम्पूर्ण क्षतिको जिम्मा महानगरपालिकाले लिनुपर्नेछ,” सम्पदा बचाउ अभियानका संयोजक तथा सम्पदाप्रेमी गाणपतिलाल श्रेष्ठले चेतावनी दिए ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC