site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालय भन्छ– हामी सम्पर्कमै छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रीलंकामा आइतबार भएको बम विस्फोटका कारण २९० जनाको मृत्यु भएको छ भने करिब ५ सय घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेमा विदेशी नागरिक पनि छन् । 

श्रीलंकाको तनावपूर्ण अवस्थाका कारण त्यहाँ रहेका नेपालीको अवस्था के कस्तो होला भनेर नेपालमा रहेका कतिपय आफन्तहरुमा चिन्ताको अवस्था पनि रहेको पाइएको छ । श्रीलंकामा सामाजिक सञ्जाल पनि बन्द भएका कारण उतातिर तत्काल सम्पर्क हुन गाह्रो भइरहेको छ ।

यस मामिलामा के कसरी चासो दिइरहेको छ त नेपाल सरकारले ? परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बाह्रखरीसँग सोमबार कुरा गर्दै भने,‘‘ नेपालीलाई त्यहाँ केही भएको छैन । हामी कोलम्बोस्थित नेपाली दूतावासको नियमित सम्पर्कमा रहेका छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकालगायत कतिपय मुलुकले अहिले आफ्ना नागरिकलाई श्रीलंकामा  सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै सर्कुलर जारी गरिसकेका छन् । नेपालले पनि त्यस्तो कुनै सर्कुलर जारी गरेको छ कि भन्ने प्रश्नमा पौड्यालले भने, ‘‘हामीले त्यस्तो केही जारी गरेका छैनौं  ।’’ त्यहाँ कर्फ्यू लागेकोले अहिले हिँडडुलको अवस्था नरहेको समेत उनले बताए । 

यद्यपि अन्तर्राष्ट्रिय उडान भने जारी रहेकोले विभिन्न मुलुकहरुले आफ्नो देशका नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका हुन् । करिब १४ घण्टाअघि श्रीलंकाको कोलम्बोबाट सामाजिक सञ्जालमा नेपाली नागरिक परशु गौतमले फेसबुकमा लेखेका छन्, ‘‘सामान्य रुपमा सुरक्षाका कारण श्रीलंकामा सामाजिक सञ्जाल बन्द गरिएको छ । हामीले तपाईंको फोन कल वा मेसेज फर्काउन नसके पनि हामी सुरक्षित छौं । सबैलाई धन्यवाद ।’’

Global Ime bank

उनीसँग बाह्रखरीको प्र्रत्यक्ष सम्पर्क हुन सकेन ।   श्रीलंकामा आइतबार शृंखलाबद्ध रुपमा भएको ८ विस्फोटका क्रममा ठूलो जनधनको क्षति गराएको छ । सो घटनामा ३६ जना विदेशीको मृत्यु भएको श्रीलंका सरकारले जनाएको छ । तर, पूर्ण विवरण भने खुलिसकेको छैन । 

मारिने विदेशीमध्ये कम्तिमा ५ जना बेलायती, ती मध्ये दुई जनाको अमेरिकासँगको संयुक्त नागरिकता रहेको, तीन जना डेनिस, १ जना पोर्चुगिज, तीन जना भारतीय, दुई टर्कीका इन्जिनियर, द नेदरल्याण्ड्सका १ जना र १ जना जापानका रहेको सम्बद्ध देशले जनाएका छन् । 

कोलम्बोमा बौद्ध भिक्षु, विद्यार्थी, व्यापारी र विभिन्न सेवा क्षेत्रमा काम गर्ने व्यक्तिहरू तथा  तिनका परिवारका सदस्यसमेत झन्डै चार४ सय नेपाली भएको बताइएको छ । श्रीलंका भरीमा भने करिब १ हजारको हाराहारीमा नेपाली रहेको बीबीसीले जनाएको छ । नेपालका तर्फबाट श्रीलंकामा भएको विस्फोटको घटनाको निन्दा गरिनुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रणिल बिक्रमासिंगेलाई फोन गरेर आतंककारी घटनाको निन्दा गर्नुका साथै शोक समेत व्यक्त गरेका थिए ।

श्रीलङ्का सरकारले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाट गरेर आइतबारको घटनाक्रमको बारेमा  औपचारिक जानकारी दिने सम्भावना रहेको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC