site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
काठमाडौंको मह जोडीको कन्सर्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ युनिट देश दौडाहा सकेर काठमाडौं फर्किएको छ । चलचित्रको प्रचारका लागि ‘दाल भात तरकारी’ युनिट देशका मुख्य सहरमा पुगेको थियो । चलचित्रका मुख्य कलाकारसहित चलचित्र युनिटले चलचित्रका गीत तथा केही डाइलग कार्यक्रममा प्रस्तुत गरेका थिए । 

“हम्रो चलचित्र युनिट देश दौडाहा अन्तरगत विभिन्न सहरमा पुगेर फर्किएको छ,” चलचित्र दाल भात तरकारी निर्माता तथा कलाकार किरण केसीले बाह्रखरीसँग  भने, “यही कार्यक्रम अन्तरगत आज काठमाडौंमा कन्सर्ट हुँदैछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

बीजी सिनेमा हल बालाजुमा हुने कन्टसर्टमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य आकर्षणको रुपमा रहनेछन् । महजोडीसँगै चलचित्र ‘दाल भात तरकारी’का अन्य मुख्य कलाकार पनि कन्सर्टमा सहभागी हुनेछन् । 

जसरी हुन्छ अमेरिका जाने आम प्रवृत्तिप्रति लक्षित गरेर चलचित्र ‘दाल भात तरकारी’का निर्माण गरिएको छ । महसञ्चारको ब्यानरमा बनेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् । निर्माता किरण केसी हुन् । सुदन किरणका छोरा हुन् । 

Global Ime bank

हरिवंश आचार्यले कथा लेखेका छन् । यस अघि उक्त व्यानरबाट ‘शत्रुगते’ रिलिज भएको थियो । ब्यानर एउटै भए पनि ‘शत्रुगते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका थिए । 

चलचित्र ‘दाल भात तरकारी’मा महजोडीसँगै आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, निरुता सिंह, राजाराम पौडेल लगायत कलाकारको अभिनय छ । 

चलचित्र ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC