site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा एप्पल र गुगल दुवैले हटाए ‘टिकटक’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भारतमा एप्पल र गुगल दुवैले टिकटकलार्य आफ्नो एप स्टोरबाट हटाएका छन् ।

भिडियो बनाउने र सेयर गर्ने एप पछिल्लो समयमा भारतमा लोकप्रिय बनेको थियो । मद्रास उच्च अदालतले त्यसलाई हटाउन निर्देशन दिएपछि भारतको सूचना प्रविधि मन्त्रालयले एप्पल र गुगललाई पत्राचार गरी सो एप हटाउन आग्रह गरेको थियो ।
गुगलले मंगलबार नै हटाएको भए पनि एप्पलले बुधबार हटाएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले मंगलबार सो सम्बन्धी निर्णय गरेको बताइएको छ ।  चीनको बाइटेडेन्स टेक्नोलोजीको सो एप बन्दले यसको मुख्य बजार नै संकटमा पर्ने अवस्था उत्पन्न भएको छ ।  स्थानीय अदालतले यही अप्रिल ३ का दिन संघीय सरकारलाई टिकटक बन्द गर्न भनेको थियो । त्यसमा यसले पोर्नोग्राफीलाई प्रवर्द्धन गरेको जनाएको थियो  । 

एक व्यक्तिले यसलाई रोक लगाइनुपर्ने भन्दै अदालतमा सार्वजनिक चासोको मुद्दा हालेपछि अदालतले सो आदेश दिएको थियो ।  त्यसपछि संघीय सरकारले एप्पल र गुगललाई पत्राचार गरेर अदालतको आदेशबारेमा जानकारी गराएको सूचना प्रविधि सम्बन्धी भारतीय मन्त्रालयका अधिकारीले जानकारी गराएका छन् । 

Royal Enfield Island Ad

गुगलले एक वक्तव्यमा कुनै निश्चित एपका बारेमा आफूले टिप्पणी नगर्ने बताउँदै  स्थानीय कानुनअनुसार भने चल्ने जनाएको छ । एप्पललाई भने यसबारेमा टिप्पणी गर्न आग्रह गर्दा कुनै प्रतिकृया दिएन ।  गुगलको पछिल्लो निर्णयको बारेमा टिकटिकले पनि कुनै प्रतिक्रिया जनाउन चाहेन । टिकटकले  छोटो भिडियो बनाउने र त्यसलाई शेयर गर्ने गर्दछ जुन भारतमा निकै लोकप्रिय रहेको छ । 

भारतमा यसमा राखिने सामग्रीलाई लिएर केही राजनीतिज्ञले आलोचना गर्दै आएका  थिए । गएको फेब्रुअरीसम्मको तथ्यांक हेर्दा भारतमा यो २४० मिलियन पटक डाउनलोड गरिएको पाइएको छ । जनवरीमा मात्रै ३० मिलियन भारतीयले यसलाई इन्स्टल्ड गरेको पाइएको थियो । यो अघिल्लो वर्षको सोही अवधीको तुलनामा १२ गुणा बढी हो । 

बाइटेडेन्सले गएको हप्ता भारतीय अदालतको आदेशलाई चुनौति दिँदै यो कदमले भारतमा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने दाबी गरेको थियो । माथिल्लो अदालतले पनि सो मुद्दालाई स्थानीय तर्फ नै फर्काएको छ ।  सो कम्पनीका तर्फबाट मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएर सो प्रकरण होल्डमा राख्न आग्रह गरिएको भएपनि अदालतले अस्वीकार गरेको थियो । 

टिकटकले शुरुमा भारतको न्यायप्रणालीमा आफ्नो  विश्वास रहेको जनाएको थियो । सो कम्पनीले भारतमा करिब २५० जना मानिसलाई रोजगारीपनि दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro