site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाली क्षेत्रमा मूल्यवृद्धि बढी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हिमाली क्षेत्रमा अत्यधिक मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महीनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्य वृद्धि भएको पाइएको छ । 

‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा  क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार पहाडी क्षेत्रमा ४.६, काठमाडौँ उपत्यकामा ४.६ र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.०, ५.६, ४.५ र ६.३ प्रतिशत रहेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गत फागुनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ र भारतको २.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति छ र भारतको ४.३ प्रतिशत रहेको थियो । 

Royal Enfield Island Ad

थोक मुद्रास्फीति २०७५ साल फागुन महीनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुका मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ । -रासस

सांकेतिक तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro