site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लगातार गड्याङगुडुङ र हावाहुरी किन आइरहेको छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा अघिल्ला वर्षहरुमा भन्दा यसवर्ष हावाहुरी र असिनासहितको वर्षा बढी भइरहेको छ । पछिल्ला तीन दिन अन्य समयमा भन्दा बढी हावाहुरी र असिनासहितको वर्षा हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत हुन आग्रह पनि गरेको छ ।

बारा र पर्सामा केही दिनअघि आएको ‘टोर्नाडो’का कारण पनि मौसममा बदली हुँदा सर्वसाधारणमा बढी ‘चासो’ र ‘डर’ उत्पन्न भइरहेको मौसम पूर्वानुमान महाशाखाका अधिकारी बताउँछन् ।

तर, अहिले पछिल्ला दिनमा देखिएको बदली त्यस्तो होइन र सामान्य पनि होइन । “यो सामान्य अवस्था पनि होइन,” मौसमविद् शान्ति कँडेलले बाह्रखरीसँग भनिन्, “पछिल्लो दिनमा धेरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ । प्रि–मनसुनकै कारण यस्तो भएको हो । तर यो टोर्नाडो जस्तो होइन ।”

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बेलुकादेखि बिहीबारसम्म मौसममा बदली हुने र हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहन मौसम विभागले यसअघि नै आग्रह गरेको हो । मंगलबार बेलुका पश्चिममा सुर्खेतदेखि पूर्वमा धनकुटासम्म यसको असर देखिएको थियो ।

तराईका जिल्लामा बढी प्रभाव देखिएको छ । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा बुधबार दिउँसोदेखि मौसममा बदली भएको छ । नेपालमा पछिल्लो समयमा लगातार हावाहुरी के कारणले आइरहेको छ त ? मौसमविद् राजुधर प्रधानाङ्गले बाह्रखरीसँगको कुराकानीमा भने, “नेपालमा जलवाष्पयुक्त वायुको प्रभावले नै पछिल्ला दिनमा बढी हावाहुरीसहितको वर्षा भएको हो । अरब सागर र बंगालको खाडीमा उच्चचापीय वायु प्रणालीको विकास भएको छ । त्यहाँको वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको असर नेपालमा परेको हो ।”

Global Ime bank

उनले काठमाडौंमा यसको प्रभाव तराईमा जस्तै देखिने जानकारी गराउँदै बिहीबार कमजोर हुने र शुक्रबार बेलुकापख फेरि बदली हुने सम्भावना रहेको जानकारी गराए । बंगालको खाडी र अरब सागरको वायु नेपालको पश्चिमी जिल्ला हुँदै प्रवेश गरेको छ । अहिले प्रि–मनसुनको समय भएकाले यस्तो प्रभाव नेपालमा देखिएको हो । यस्तो वायु प्रणाली भूमध्यसागरमा विकसित हुँदै इराक, इरान, पाकिस्तान, भारत हुँदै नेपालको पश्चिमी जिल्लाबाट प्रवेश गर्दछ । 

नेपालमा यी दुईवटा प्रणालीबाहेक पनि पश्चिमी न्यून चापीय प्रणाली पनि देखा परेको छ । “यो प्रणाली नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरिरहेको छ । भारतको पूर्वी बिहार र बङ्गलादेश आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली सक्रिय छ,” जल तथा मौसम पूर्वानुमान महाशाखाका मौषमविद् प्रधानाङ्गले भने, “यो सबैको कारण नेपालमा जलवाष्पयुक्त वायुको प्रवेश गरिरहेको छ । बुधबार दिउँसो ३ बजेबाट यसको प्रभाव थप हुने देखिएको छ ।”

“नेपालमा अहिले प्रि–मनसुनको सिजन भएकाले यस्तो प्रभाव बढी देखिएको हो । यस्तो वायु भूमध्य सागरमा विकसित हुँदै इरान, इराक, पाकिस्तान, भारतको राजस्थान हुँदै नेपालको पश्चिमी जिल्लाहरुबाट नेपालमा भित्रिने गर्छ,” प्रधानाङ्गले भने, “मौसम बदली हुने, हुरी चल्ने, चट्याङ पर्ने र आकाश गड्याङगुडुङ हुने यस्तो वायुको प्रभावका कारण हो । बुधबार दिउँसोदेखि साँझसम्म काठमाडौंको मौसम बदली रहन्छ । बिहीबारबाट यो वायु केही कमजोर हुने देखिएको छ । शुक्रबार साँझ यो वायुको प्रभाव उपत्यकासहित देशैभर देखिने हाम्रो पूर्वानुमान रहेको छ ।”

अरब सागर र बङ्गालको खाडीको वायुमण्डलमा न्यूनचापीय वायु देखिएकाले प्रि–मनसुन अवधिभर नेपालमा त्यसको सामान्य प्रभाव देखिरहने पनि प्रधानाङ्गले बाह्रखरीलाई जानकारी दिए । 

गत वर्षभन्दा यसपालि बढी किन भइरहेको छ त ? प्रधानाङ्ग भन्छन्, “अघिल्ला वर्षहरुमा पनि प्रि–मनसुनका बेला यस्तो भइरहन्थ्यो । तर यसपल्ट अरब सागर र बंगालको खाडीमा बनेको उच्चचापीय वायुप्रणाली र वायुमण्डलमा बनेको न्यूनचापीय वायु प्रणालीका कारण नेपालमा बदली, हावाहुरी, चट्याङ बढी देखिएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC