site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वार्ताका लागि सरकारलाई चिकित्सक संघको ७२ घण्टाको अल्टिमेटम
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनरत सरकारी चिकित्सकसँग वार्ता गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न नेपाल चिकित्सक संघले माग गरेको हो । बिहीबार प्रेस विज्ञप्ती जारी गदै सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरुसँग वार्ताको माध्यमबाट समस्या समाधान गर्न संघले माग गरेको हो ।
 
“चिकित्सकहरुको माग र संवेदनशिलतालाई बेवास्ता गरेमा संघले सशक्त विरोधका कार्यक्रमहरु देशभर सञ्‍चालन गर्न बाध्य हुनेछौं”, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
 
शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने र चिकित्सकहरुलाई चिढ्याउने सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको संघको ठहर छ ।

सरकारी चिकित्सकहरुले समायोजनमा संघमा राख्न माग गर्दै सात दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि संघले बिहीबार बृहत बैठक बोलाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC