site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा खोला किनारका तीन सय टहरा हटाइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिकामा सरकारी जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका तीन सय टहरा प्रहरीले हटाएको छ । वडा नम्बर ९ मा अनधिकृत रुपमा खोला किनारमा निर्माण गरिएका टहरा प्रहरीले हटाएको हो । 

स्थानीय मावा खोलाको पश्चिम किनारमा रहेको बाँधडाँडा नर्सरी क्षेत्रमा अनाधिकृत रुपले निर्माण गरिएको ३ सय घर टहरा शुक्रबार पूर्णरुपमा हटाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घर टहरा  निर्माण गरी बसोबास गर्दै आइरहेका मानिसहरुलाई त्यो ठाउँमा आउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । 

टहरा हटाउने काममा लागि जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट प्रहरी टोली परिचालन गरिएको जानकारी दिदैं श्रेष्ठले भने,‘‘सार्वजनिक जग्गा कब्जा गर्ने हिसाबले टहरा निर्माण भएकोले त्यसलाई हटाइएको हो ।’’ उनले प्रहरीले सरकारी सम्पतिमा जथाभावी कब्जा गर्न नदिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC