site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा पठाउने भन्दै भिजिट भिसा दिएर ठगी गर्ने महिला पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जाने विभिन्न व्यक्तिहरुलाई वर्किङ भिसामा विदेश पठाउने भनेर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंको पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेण्टमा कार्यरत विमला थापालाई सोमबार पक्राउ गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

धनुषाको मिथिला बिहारी नगरपालिका-२ स्थायी घर भएका मोहम्मद गुलामा राईन र सोही ठाउँ बस्ने सबिर राईनले दिएको उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

दुबै जनाबाट जनही २ लाख ४० हजार रकम लिई वर्किङ भिसामा दुबई पठाउने भन्दै भिजिट भिसा दिएर नेपाल वायु सेवा निगमको उडान नम्बर आरए २२९ को टिकटसहित दिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागले फिर्ता पठाएपछि ठगीएको थाहा पाएको उनीहरुले जनाएको छन् । 

Global Ime bank

भोजपुरको हतुवागढी गाउँपालिका-९ स्थायी घर भएको ३४ वर्षीया थापाले अन्यलाई पनि ठगी गरेको हुनसक्ने भएकोले पीडितहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय