विराटनगर । घरेलु मैदानमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंका खेल्दैछन् । समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा खेल बिहान ११ बजे सुरु हुनेछ । नेपालले समूह चरणमा बंगलादेश र भुटानलाई समान ३–० को गोलअन्तरले पराजित गरेको थियो । श्रीलंकाले समूहका दुई खेलमा माल्दिभ्ससँग जित र साविक विजेता भारतसँग हार ब्यहोरेको थियो । माल्दिभ्स दुवै खेलमा पराजित भएपछि सेमिफाइनलमा स्थान बनाएको श्रीलंका नेपालविरुद्ध जितको रणनीतिमा छ ।
तर साफ च्याम्पियनसिपको इतिहासमा श्रीलंकासँग पराजय भोग्न नपरेको नेपाल सहज जितको योजनामा छ । आजको विजेताले फाइनल प्रवेशका लागि दिउँसो हुने भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । भारत यसअघिका चारै संस्करणमा च्याम्पियन बनेको छ । नेपाल ३ पटक फाइनलमा भारतसँग पराजित हुँदा गत संस्करण सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।