काठमाडौं । प्रहरीले मकवानपुर र मोरङबाट ६० किलोग्राम लागुऔषध गाँजासहित ३ जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ चुरेस्थित सडकबाट ४५ किलोग्राम गाँजासहित भारत बिहार बस्ने ३५ वर्षीय बिष्णु कुमार साहसंगै अन्य तीनजनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको डब्लुबि–०६–६३०९ नम्बरको गाडी जाँच गर्ने क्रममा डिक्किमा प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक साह र गाडीमा सवार २ जनालाई पक्राउ गरेको हो ।
यस्तै मोरङ, रतुवामाई नगरपालिका–४ आमबारीस्थित सडकबाट १५ किलो गाँजा बरामद गरेको छ । गाँजा बोक्दै गरेका सोही नगरपालिका–२ मियाटोल बस्ने ५० वर्षीय भभला भन्ने मेहेरोउदिन मियाले सोही नगरपालिका–४ भद्र चोक बस्ने ४५ वर्षीया शोभादेवी साह र उनका छोरा २५ वर्षीय राहुल भन्ने विक्की साह भने फरार रहेको प्रहरीले जनाएको छ ।